ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जुरेथुम्कामा औद्योगिक शिक्षालय

Mar 14, 2018  
प्रदेश समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
चितवन । भरतपुर महानगरपालिका–२९, जुरेथुम्कामा औद्योगिक शिक्षालय बन्ने भएको छ । चितवन उद्योग सङ्घले १४ वर्षअगाडि खरीद गरेको ५ बिगाहा जमीनमा शिक्षालय बनाउन लागिएको सङ्घका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए । जुरेथुम्का मुग्लिङ–नारायणगढ सडकअन्तर्गत जुगेडीबाट करीब ३ किलोमिटर दूरीमा पर्दछ । मानव बस्ती कम भएको, शान्त र रमणीय क्षेत्र भएकोले शिक्षालय बनाउन उपयुक्त रहेको दुवाडीले बताए । औद्योगिक क्षेत्रमा लगानी गर्ने उद्यमीलाई शीपमूलक प्रशिक्षण दिने र औद्योगिक प्राविधिकलाई प्रयोगात्मक अध्ययन गराउने उद्देश्यले शिक्षालय बनाउने तयारी रहेको उनको भनाइ छ । सङ्घको ३ ओटा प्रमुख योजनामध्ये शिक्षालय निर्माणको कामलाई पनि प्राथमिकतामा राखेको छ । सङ्घले अगुवाइ गरेको भरतपुरमा अन्तरराष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र निर्माणको अन्तिम चरणमा छ । यस्तै, शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना हुने निश्चित भएसँगै यसको डीपीआरको काम पनि सम्पन्न भइसकेको छ । शिक्षालय निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको बताउँदै दुवाडीले आउँदो साउनदेखि कामलाई तीव्रता दिने जानकारी दिए । ‘चार चरणमा शिक्षालयको निर्माण सम्पन्न हुनेछ । पहिलो चरणमा ५० जना दक्ष प्राविधिक उत्पादन गर्ने संरचना तयार हुनेछ,’ उनले भने, ‘त्यसपछि क्षमता बढाउँदै लैजाने तयारीमा सङ्घ लागेको छ ।’ शिक्षालय परिसरमा मिनी एक्स्पो सेण्टरसमेत स्थापना गरी अध्ययन गर्ने विद्यार्थीले तयार पारेका वस्तु प्रदर्शन गर्ने व्यवस्था मिलाइने सङ्घका उपाध्यक्ष त्रिलोचन कँडेलले बताए । भविष्यमा औद्योगिक विषय अध्ययनको लागि देशकै नमूना शिक्षालय बनाउने योजना रहेको उनको भनाइ छ । उनका अनुसार चितवनको शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति यही प्राविधिक शिक्षालयले पूरा गर्ने गरी काम अगाडि बढाइनेछ । नेपालको आर्थिक राजधानीको रूपमा विकास गर्न यस्ता संरचनाले सहयोग पुग्ने भएकोले सङ्घले यस योजनालाई चाँडो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । शनिवार चितवन उद्योग सङ्घ र नेपाल पत्रकार महासङ्घ चितवन शाखाको संयुक्त टोलीले अवलोकन गरेको सो क्षेत्रका लागि आवश्यक सुझाव सङ्कलन गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)