ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दिनमा ३० जनालाई मात्र किस्ता दिँदा भूकम्पपीडितलाई सास्ती

Mar 14, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
सिन्धुली । भूकम्पपीडित आवास निर्माणका लाभग्राहीले दोस्रो किस्ता भुक्तानी लिनसमेत सास्ती पाएका छन् । बैङ्कहरूले दैनिक ३० जनालाई मात्र भुक्तानी गर्ने गरेकाले उनीहरूले सास्ती व्यहोर्नुपरेको हो । भूकम्पपीडितले किस्ता निकासा हुँदैपिच्छे सास्ती व्यहोर्नुपरेको गुनासो गरेका छन् । साविक महादेवस्थान गाविसका मङ्गले माझीले दोस्रो किस्ता लिन ५ दिनदेखि बैङ्कमा लाइन बस्ता पनि नपाएको गुनासो गरे । ‘दोस्रो किस्ता लिन बुधवार सिभिल बैङ्क, सिन्धुली आएँ, सम्झौता क्रमसङ्ख्या नम्बर नमिलेको भन्दै फर्काइदियो, फेरि गाउँपालिका पुगेर सिफारिस लिएँ र आएँ, बिहीवार बिदा रहेछ, शुक्रवार ३० जनालाई मात्र दिने भन्यो, दिनभर लाइन बसेर बेलुका होटलमा वास बसेँ, आइतवार पनि राति ४ बजेदेखि लाइन बसे पनि पालो आएन,’ माझीले भने, ‘गाउँपालिकाले एकैचोटि २/३ सय जनाको सिफारिस पठाउँछ, हामीलाई सबैले सास्ती दिइरहेका छन् ।’ किस्ता सिफारिस भएको २ महिनासम्म पनि बैङ्कले भुक्तानी दिन नसकेको भूकम्पपीडितले गुनासो गरेका छन् । साविक लाम्पानटार गाविसका २ सय तीन जना भूकम्पपीडितको फागुन ३ गते दोस्रो किस्ता सिफारिस भए पनि हालसम्म किस्ता भुक्तानी लिन नपाएको भूकम्पपीडित खडानन्द दाहालले बताए । ‘सरकार घर छिटो बनाऊ भन्छ, गाउँमा प्राविधिक छैन, प्राविधिक गएर एकैचोटि २/३ सय जनाको फायल सिफारिस पठाउँछ, बैङ्कले दिनमा ३० जनालाई मात्र किस्ता दिने भन्छ, एउटै बैङ्कले चार÷पाँचओटा गाउँको किस्ता बाँड्नुपर्छ, गाउँपालिकाले बैङ्कसँग समन्वय गरेर आलोपालो गराइदिए हामीलाई सदरमुकाममा एक हप्ता बस्नुपर्ने थिएन,’ दाहालले भने । लाभग्राही सूचीमा परेका वृद्धवृद्धालाई झनै समस्या हुने गरेको छ । किस्ता लिन आफैं आउनुपर्ने र ४/५ दिन लाग्ने हुँदा उनीहरूलाई समस्या पर्ने गरेको साविक महादेवस्थान गाविसका ८६ वर्षीय वीरबहादुर गोलेले बताए । ‘आफू आँखा देख्दिनँ, भूकम्पको पैसा लिन बैङ्क आफैं आउनुपर्छ भन्छ, छोरीलाई लिएर आएको छु, ३ दिन भइसक्यो बाउछोरी होटलमा बसेको, दिनमा ३ हजार सकिन्छ खानबस्न गरेर,’ गोलेले गुनासो गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)