ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

धरहरा पुनर्निर्माणबारे छलफल

Mar 16, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट भत्किएको ऐतिहासिक महŒवको धरहरा पुनर्निर्माणलाई अघि बढाउने विषयमा सरोकारवाला निकायसँग बिहीवार छलफल गरेको छ । आफ्नै प्रतिबद्धताबाट पछि हटेर नेपाल टेलिकमले धरहरा पुनर्निर्माण गर्न नसक्ने बताएपछि प्राधिकरण आफैले त्यसको पुनर्निर्माण गर्नेबारे तयारी अघि बढाएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बिहीवार बसेको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङ, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, कार्यकारी सदस्यहरू सहभागी थिए । बैठकमा भुसालले निर्माणपूर्वका सबै प्राविधिक तयारी पूरा गरी जतिसक्दो छिटो धरहराको पुनर्निर्माण गर्नुपर्नेमा जोड दिए । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले धरहरासम्बन्धी ड्रोइङ डिजाइनसहितका प्राविधिक पक्षका विषयमा छलफल चलिरहेको भन्दै यसको टुङ्गो लागेपछि धरहरा पुनर्निर्माणको प्रक्रिया अघि बढ्ने बताए । धरहरा पुनर्निर्माणको प्राविधिक पक्षबारे छिट्टै विज्ञ सदस्यसहित अर्काे बैठकमा छलफल गर्ने सहमति भएको उनले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)