ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीपीभीसी र एएसडीएम कण्डक्ट पाइप चाँडै बजारमा

Mar 16, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । सन् २००८ मा स्थापना भएको इण्टरटेक पाइप एण्ड फिटिङ कम्पनी नेपालमा पाइप उत्पादन गर्ने एक प्रमुख कम्पनीको रूपमा परिचित छ । यो कम्पनी थ्री लेयर्सको पीपीआर पाइप उत्पादन गर्ने नेपालको नम्बर १ कम्पनी बनेको छ । कम्पनीको उत्पादन उद्योग बुटवलमा अवस्थित छ । कम्पनीका पीपीआर, पीभीसी, एचडीपीलगायत उत्पादनले नेपाली पाइप बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनीका निर्देशक विनित अग्रवाल बताउँछन् । अहिले पाइपको कुल बजारमध्ये करीब ३० प्रतिशत हिस्सा यस कम्पनीको रहेको उनले जानकारी गराएका हुन् । काठमाडौं र विराटनगरमा शाखा कार्यालय स्थापना गर्दै नेपाल अधिराज्यभर आफ्ना उत्पादन विस्तार गरिरहेको कम्पनीले बताएको छ । त्यस्तै, आगामी दिनमा एएसडीएम कण्डक्ट पाइपको समेत उत्पादन शुरू गर्ने कम्पनीको तयारी छ । जुन इलेक्ट्रिकल वायरिङका लागि प्रयोग गरिन्छ । त्यस्तै, सीपीभीसी पाइपसमेत चाँडै बजारमा ल्याउने कम्पनीको तयारी छ । कम्पनीले यसै वर्षदेखि नै पीभीसी पुटिङ पाइप बजारमा ल्याइसकेको समेत खुलाएको छ । विभिन्न रेञ्जका फिटिङ पाइप उत्पादन गर्ने यस कम्पनीले बजार मागको शतप्रतिशत उत्पादन गर्ने गरेको छ । अन्यको तुलना गर्दा यस कम्पनीको उत्पादन क्षमता निकै राम्रो रहेको कम्पनीको दाबी छ । ग्राहकको मागअनुसार विभिन्न रेञ्जका पाइपहरू गुणस्तरका साथ उत्पादन गर्ने हुँदा अहिले यस कम्पनीको पाइप ग्राहकको रोजाइमा पर्ने गरेको निर्देशक अग्रवाल बताउँछन् । कम्पनीले आफ्नो उत्पादनमा ५० वर्षसम्म वारेण्टीसमेत दिने गरेको छ । त्यस्तै, अन्य कम्पनीले उत्पादन गर्ने पाइपको तुलनामा यस कम्पनीको उत्पादन सस्तो रहेको कम्पनीको दाबी छ । कम्पनीका निर्देशक अग्रवालका अनुसार उत्पादन गरेको पाइपको जडानसम्बन्धी तालीमसमेत प्रदान गरिने व्यवस्था रहेको छ । आफ्ना कर्मचारीलाई समयसमयमा निःशुल्क तालीम प्रदान गर्दै आएको यस कम्पनीले ग्राहकको मागलाई सधैं ध्यानमा राख्दै काम गरेको छ । त्यस्तै, सीटीईभीटीलगायत अन्य संस्थाद्वारा सञ्चालन हुने तालीममा समेत सहभागी हुने अवसर प्रदान गर्ने गरेको छ । कम्पनीका कर्मचारीका बच्चालाई निःशुल्क शिक्षाको व्यवस्था रहेको छ । आफ्ना ग्राहकको मागलाई ध्यानमा राख्दै कम्पनीले जतिसक्दो चाँडो सामान तथा सेवा डेलिभरी गर्ने गरेको कम्पनीले जानकारी गराएको छ । आगामी दिनमा पाइप क्षेत्रमा आवश्यक सम्पूर्ण वस्तु एकै थलोमा उपलब्ध गराउने यस कम्पनीको लक्ष्य रहेको छ । ग्राहकले एकै स्थानबाट आफ्ना सम्पूर्ण आवश्यकीय वस्तु सजिलो र सुलभ रूपमा खरीद गर्न सकून् भन्दै तयारी अघि बढाएको अग्रवाल बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)