ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एनसीसी बैङ्कसम्बद्ध १३ जना बैङ्कीङ कसूरका अभियुक्त पक्राउ

Mar 16, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

चैत २, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैङ्कमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले साढे १ अर्ब रूपैयाँ घोटला गरेको आरोपमा १३ जना बैङ्कीङ कसूरका अभियूक्तहरूलाई पक्राउ गरेको छ । एनसीसीमा मर्ज हुनुअघिको एपेक्स डेभलपमेन्ट बैङ्कका सम्बद्ध अध्यक्ष, सञ्चालक र कर्मचारीहरूलाई शुक्रवार बैङ्कमा छापा मारेर सीआईबीले पक्राउ गरेको हो ।

बैङ्ककी डेपुटी प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता बन्दना पाठकका अनुसार बिहान बोर्डको बैठक सकिएपछि सीआईबीले छापा मारेर १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रूपैयाँ घोटला गरेको आशंकामा कर्मचारीलाई पक्राउ गरेको हो । उनले २०७२ मङ्सिर ११ गते मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरेपछि मर्जरको फाइदा उठाउँदै तत्कालिन एपेक्स डेभलपमेण्ट बैङ्कले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरू मार्फत अनियमित प्रक्रियाबाट सो रकम बराबरको कर्जा प्रवाह गरेको आरोपमा सीआईबीले पक्राउ गरेको जानकारी दिईन् ।

कारोेबारमा हानी नोक्सानी पुु¥याउने मध्येका तत्कालिन एपेक्स डेभलपमेण्टका अध्यक्ष विष्णु प्रसाद धिताल, ३ जना सञ्चालक र ९ जना कर्मचारीलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी बैङ्कीङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भईरहेको सीआईबीको भनाई छ ।

उक्त काण्डमा मुछिएका आरोपीहरूले कमशल धितो भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरूको अधिक मुल्याङ्कन गरी कर्जा लगानी गरेको, कृतिम ऋणीहरू खडा गरीएकोलगायतका मूख्य १२ शीर्षकमा अनियमितता गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले बताएको छ ।

अनियमितताका मूल आरोप

  • कमशल धितो भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मुल्याङ्कन गरी कर्जा लगानी गरेको ।
  • कृतिम ऋणीहरु खडा गरिएको ।
  • निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ।
  • ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।
  • मोटरबाटो नभएको भिरालो पाखो बारीहरु, खेत, वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ।
  • धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरेको ।
  • कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ।
  • कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ।
  • सावाँ र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पुनः दोस्रो कर्जा प्रवाह गरेको ।
  • एउटै व्यक्तिहरु सञ्चालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ।
  • सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाईभन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको ।
  • अधिकांश धितो मुल्याङ्कन प्रतिवेदनहरु यथार्थपरक नरहेको ।
पक्राउ परेकाहरुको नामावली
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)