ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

डीएभीमा अन्तरराष्ट्रिय सम्मेलन

Mar 18, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । डीएभी सुशील केडिया कलेज अफ म्यानेजमेण्टले अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । आगामी शनिवार र आइतवार हुने सम्मेलनमा नेपालसहित भारत, फ्रान्स र चीनका प्रोफेसरले सम्बोधन गर्ने डीएभीले जानकारी दिएको छ । एमबीएको पढाइमा ‘रिसर्च’ बढी हुने भएकाले यससम्बन्धी कार्यक्रम गर्न लागिएको डीएभी कलेजका अध्यक्ष अनिल केडियाले बताए । २ दिनसम्म चल्ने उक्त सम्मेलन प्रविधि र जनशक्तिबीच कसरी तालमेल गराउने भन्नेमा केन्द्रित हुने केडियाले जानकारी दिए । अहिले क्रमशः प्रविधितर्फ आकर्षित भइरहेको समयमा सबै काम प्रविधिले गरेपनि भावनात्मक सम्बन्ध स्थापित हुन नसकिरहेको तर्फ ध्यान केन्द्रित गर्दै उनले यसका लागि सम्मेलन फलदायी हुने बताए । अहिले नेपालमा सिद्धान्तको कुराभन्दा पनि व्यावहारिक शिक्षाको कुरा चलिरहेकाले आगामी दिनमा दिगोरूपमा जनशक्तिको व्यवस्थापन गर्न सजिलो हुने विश्वास लिइएको छ । सम्मेलनमा अन्तरराष्ट्रिय स्तरमा रिसर्च गरिरहेकाबाट यो विषयमा नेपाली विद्यार्थीलाई जानकारी गराइने अध्यक्ष केडियाको भनाइ छ । सम्मेलनमा नेपालबाट अनिल चित्रकार, भारतबाट प्रोफेसर डा. हिमेन्दुप्रसाद माथोर, फ्रान्सकी प्रोफेसर डा. करिना जेनसेन र चीनबाट डा. याङ किजुनले सम्बोधन गर्नेछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)