ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्षेत्रीय समृद्धिका लागि सहकार्य : प्रम ओली

Mar 18, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाको समृद्धिका लागि सहकार्य र सञ्जाल विस्तारलाई जोड दिएका छन् । प्रधानमन्त्रीले यस क्षेत्रमा उपलब्ध स्रोतसाधनको परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मान्त्रालय र सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजले काठमाडौंमा गरेको ‘सार्क बिजनेश लिडर्स कनक्लेभ’मा प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन् । दक्षिण एशियाको आर्थिक समृद्धिका लागि आवश्यक स्रोत साधन यही रहेको भन्दै प्रधानमन्त्री ओलीले दृढ राजनीतिक इच्छाशक्ति र बलियो सञ्जालबाट एकीकृत प्रयास भएका विकासशील राष्ट्रमा छिट्टै नै विकास हुनेमा आशावादी देखिए । तीन दिने सम्मेलनमा सार्क क्षेत्रका सम्भावना, अवसर र चुनौतीका बारेमा छलफल गरी सहकार्यका क्षेत्रहरू पहिल्याउने र एकीकृत प्रयासका लागि साझा रणनीति सार्वजनिक गर्ने कार्यक्रम छ । दक्षिण एशियामा लगानी गरौं आर्थिक समृद्धिका लागि सहकार्य गरौं भन्ने मूल नाराका साथ शुक्रवार काठमाडौंमा शुरू भएको सम्मेलनमा सार्कका आठओटै देशबाट राजनीतिज्ञ, अर्थशास्त्री, लगानीकर्ता, उद्यमी र अन्य विज्ञ सहभागी छन् । प्रधानमन्त्री ओलीले शुक्रवार सम्मेलन उद्घाटनका अवसरमा एकीकृत सहकार्य र समृद्धिको मुख्य मुद्दा अहिलेको आवश्यकता रहेको बताएका हुन् । उनले निजीक्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन सरकारले नीतिगत सुधार गर्ने प्रतिबद्धतासमेत गरेका छन् । सार्कका महासचिव अम्जाद बी सेयलले सार्क क्षेत्र विश्वकै ठूलो आर्थिक क्षेत्र भएको भन्दै आपसी सहकार्यमा जोड दिए । उनले दक्षिण एशियामा सबैभन्दा बढी अवसर रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सञ्जाल विस्तारमा जोड दिइन् । बलियो पूर्वाधार र सुदृढ सञ्जाल भए आर्थिक क्रियाकलाप बढ्ने बताइन् । आयोजक संस्थाका अध्यक्ष सुरज बैद्यले निजीक्षेत्रले सक्ने जति गरिरहेको भन्दै सरकारले नीतिगत सुधार र अप्ठ्यारालाई समयमै सहजीकरण गर्नुपर्ने बताए । तीव्र विकासको विकल्प : ई–कमर्श ई–कमर्शलाई दक्षिण एशियाली राष्ट्रमा तीव्र आर्थिक विकास गर्न सक्ने विकल्पका रूपमा लिनुपर्नेमा जोड दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजले काठमाडौंमा गरेको ‘सार्क बिजनेश लिडर्स कनक्लेभ’को दोस्रो दिनको छलफल सत्रका सहभागीले यस्तो धारणा राखेका हुन् । सम्मेलनका सहभागीले सूचना तथा प्रविधि क्षेत्रमा भएका पछिल्ला आविष्कारलाई सदुपयोग गर्न सके सजिलै यस क्षेत्रको आर्थिक विकास हुने बताएका हुन् । ‘दक्षिण एशियामा लगानी गरौं, आर्थिक समृद्धिका लागि सहकार्य गरौं’ भन्ने मूल नाराका साथ शुरू भएको सम्मेलनमा सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज भुटानका उपाध्यक्ष दोर्जे कर्माले क्षेत्रीय सञ्जाल सुदृढ गर्न डिजिटल प्रविधि प्रयोग हुनुपर्नेमा जोड दिए । दक्षिण एशियाको भविष्य डिजिटल इकोनोमी विषयक छलफलसत्रमा श्रीलङ्काको मुख्य ई–कमर्श कप्रुका संस्थापक डुलिथ हेराथले विकसित राष्ट्रलाई भन्दा पनि विकासशील राष्ट्रलाई ई–कमर्श उपयुक्त विकल्प हुनेमा जोड दिए । सामाजिक सञ्जाल व्यवसाय प्रवद्र्धनको उपयुक्त विकल्प रहेको भन्दै उनले श्रीलङ्कामा उपभोक्तालाई घरसम्मको सेवा दिनेहरूले सामान पु¥याएसँगै नगद भुक्तानी लिने गरी दिएको सेवा अत्यन्त लोकप्रिय रहेको भन्दै त्यसबाट सिक्नुपर्ने बताए । बङ्गलादेशको दूरसञ्चार सेवा प्रदायक ग्रमीण फोन लिमिटेडका मुख्य कार्यकारी अधिकृत माइकल फोलेले स्मार्ट फोनको प्रयोगबाट जो कसैले पनि सहजै चाहेका सेवा लिन सक्ने भन्दै आवश्यकताअनुसार मानिस सबै चिजमा अभ्यस्त बन्दै जाने बताए । आईएमईका महाप्रबन्धक हेमराज ढकालले प्रविधिको प्रयोगसँगै विश्वको कुनै एक महादेशमा बस्नेले अर्काे स्थानको भुक्तानी सहजै गर्न सक्ने बनाएको बताए । उनले आईएमईले नेपालमा डिजिटल वालेटको अवधारणमा काम गरिरहेको भन्दै यसले आर्थिक क्रियाकलापलाई अझ सहज बनाउने बताए । आर्थिक क्रियाकलाप बढ्न देशमा पर्याप्त पूर्वाधार, व्यवसायमा प्रविधिको प्रयोग (ई बिजनेश, ई–कमर्श) र व्यवसाय प्रविधि सँगसँगै चल्नुपर्नेमा जोड दिइएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)