ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक विकास र समृद्धिका लागि परिसङ्घको बहस : नीतिगत सुधार आचरणमा रूपान्तरण आवश्यक

Mar 18, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । नेपालको आर्थिक विकास र समृद्धिका लागि स्थिर सरकार, नीतिगत स्पष्टता, कानूनी शासनको आवश्यकता रहेको विज्ञहरूले बताएका छन् । उनीहरूले शासन व्यवस्थापन परिवर्तन भएर पनि आचरण परिवर्तन भएन भने समृद्धि हात नलाग्ने बताए । सरकारले प्रस्तुत गरेको बृहत् आर्थिक विकास तथा समृद्धिको घोषणालाई मूर्तरूप दिन नेपाल उद्योग परिसङ्घ तथा प्रबुद्ध परिषद्ले निजीक्षेत्रको धारणासहित तयार पारेको समृद्धिको मार्गचित्रका विषयमा काठमाडौंमा आयोजना गरिएको अन्तरक्रियामा विज्ञहरूले सो धारणा व्यक्त गरेका हुन् । उनीहरूले राजनीतिक भाषणभन्दा माथि उठेर नीतिगत सुधार, आर्थिक वृद्धि र रोजगारी सृजना विकास र समृद्धिको आधारभूत शर्त भएको बताए । लामो राजनीतिक सङ्क्रमणको अन्त्यसँगै मुलुकमा प्रतीक्षित राजनीतिक स्थायित्वको सम्भावना बढेर गएको उल्लेख गर्दै उनीहरूले मुलुकलाई दिगो शान्ति, सुशासन र समृद्धिको गन्तव्यमा पु¥याउन सरकार इमानदारीका साथ लाग्नुपर्ने धारणा राखे । परिसङ्घले सरकारलाई समृद्धिको अवधारणा कस्तो हुनुपर्छ र त्यो कसरी प्राप्त गर्ने भन्नेबारे प्रबुद्ध वर्गसँगको पटकपटकको छलफल र अन्तरक्रियाबाट साझा धारणा बनाई सरोकारवालाको ध्यानाकर्षण गराएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शङ्कर शर्माले सरकारले पूर्वाधारको विकासमा जोड दिँदै निजीक्षेत्रसँग सहकार्य गर्नुपर्ने धारणा राखे । पूर्वसचिव कृष्ण ज्ञवालीले नीतिनिर्माण तथा त्यसको कार्यान्वयनमा सामञ्जस्य जरुरी भएको बताए । यस्तै पूर्वसचिव किशोर थापाले कुनै व्यक्ति शक्तिशालीभन्दा पनि प्रजातान्त्रिक संस्थाहरू बलियो बनाउनेतर्फ ध्यान जानुपर्ने बताए । त्यस्तै, पूर्वसचिव पुरुषोत्तम ओझाले निर्यातका लागि उत्पादनमा वृद्धि आवश्यक भएको बताए । यस्तै, डा. विश्व पौडेलले कृषि पर्यटन तथा ऊर्जाक्षेत्रको विकाससँगसँगै रोजगारी सृजनामा जोड दिए । कार्यक्रममा डा. विन्दुु लोहनीले पूर्वाधार विकास र कनेक्टिभिटी आवश्यक रहेको बताए । यस्तै डा. मीनादेवी मल्लले सुशासन र प्रजातान्त्रिक संस्कार आवश्यक भएको धारणा राखिन् । हिमालय थापाले विकासको लागि सुरक्षा आवश्यक भएको भन्दै सुरक्षा नीतिमा स्पष्टता जरुरी रहेको बताए । प्रा. सुवास केसीले नेपालमा अथाह सम्भावना भएर पनि त्यसको सदुपयोग हुन नसकेको भन्दै अब ती साधन र स्रोतको सदुपयोग गर्नेतर्फ जोड दिनुपर्ने बताए । परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले मुलुकलाई दिगो शान्ति, सुशासन र समृद्धिको गन्तव्यमा पुर्‍याउने ऐतिहासिक जिम्मेवारी अहिलेको सरकारको काँधमा आएको बताउँदै उक्त समृद्धिको मार्गचित्रले सरकारलाई आफ्नो लक्ष्य हासिल गर्न सजिलो हुने धारणा राखे । परिसङ्घले विभिन्न विषयमा सरकारलाई अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सुझावसहितको मार्गचित्र प्रस्तुत गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)