ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

गेटा मेडिकल कलेज : ५० प्रतिशत निर्माण सम्पन्न

Mar 18, 2018  
प्रदेश समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
धनगढी । कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज निर्माण करीब ५० प्रतिशत सम्पन्न भइसकेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति धनगढीले बताएको छ । प्रशासनिक भवनबाहेक कलेज र अस्पताल निर्माणको काम तीव्रताका साथ भइरहेको समितिले जानकारी दिएको छ । ठेक्का सम्झौता गरिएका निर्माण कम्पनीहरूलाई चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ५२ करोड रुपैयाँ भुक्तानी गरिएको छ । अस्पताल, कलेज र प्रशासनिक भवन निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरूलाई भुक्तानी गरिएको समितिले बताएको छ । अस्पताल र कलेज भवन निर्माणको जिम्मा राजेन्द्रकुमार जेभी र प्रशासन भवन निर्माणको जिम्मा रविना कन्ष्ट्रक्शन र होष्टेल भवन लुम्बिनी कुमार कन्ष्ट्रक्शनले लिएको छ । २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता गरिएको समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । प्रशासनिक भवन निर्माणको कामबाहेक अन्य भौतिक संरचना निर्माणको काम निर्धारित मितिमै सम्पन्न हुने उनले बताए । मेडिकल कलेजको नाममा ५१ दशमलव ८२ बिगाहा जमीन भए पनि करीब ४ बिगाहा जमीन मुक्तकमैयाहरूले नछोडेकाले अन्य भौतिक संरचना निर्माणमा अवरोध आएको समितिले जानकारी दिएको छ । माघमा मात्रै थप होष्टेलसहित क्वार्टर निर्माण गर्न ८ ओटा भौतिक संरचना निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । उक्त भवनहरू निर्माणका लागि ३० करोडमा सम्झौता गरिएको निर्देशक पुजाराले जानकारी गराए । मेडिकल कलेजलाई पूर्णता दिन करीब १० अर्ब रुपैयाँको लागत इष्टिमेट गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)