ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘पर्यटनका माध्यमबाट देशलाई समृद्ध बनाउन सकिन्छ’

Mar 19, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
चितवन । नेपाललाई पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने सरोकारवालाले बताएका छन् । नारायणगढमा जारी नेपाल र भारतबीचको द्विदेशीय पर्यटन प्रवर्द्धन गोष्ठीका सहभागीले देश विकासको आधार पर्यटन रहेकोमा जोड दिए । नेपाल र भारतका विभिन्न ठाउँमा पर्यटन प्रवद्र्धन गर्ने सहमति गर्दै सम्मेलन आइतवार समापन भएको हो । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दूतावास वीरगञ्जको संयुक्त आयोजनामा सम्पन्न तीन दिने गोष्ठीमा नेपाल र भारतका पर्यटन व्यवसायी, सञ्चारकर्मी एवम् महावाणिज्य दूतावासका कर्मचारी सहभागी थिए । गोष्ठीको अन्तिम दिन आइतवार भरतपुरमा आयोजित बिजनेश टु बिजनेश मिटिङ उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश नम्बर ३ का मन्त्री दावा लामाले सबै प्रकारका वन क्षेत्रको संरक्षण गरी पर्यटनको माध्यमबाट देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन मद्दत मिल्ने बताए । महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत बीसी प्रधानले दुई देशको भौगोलिक बनावट फरक भए पनि दुई देशबीचको भाषा, कला, संस्कृतिमा समानता भएकाले यसले पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए । उनले खुला सिमानाका कारण भाषाको समेत समस्या नभएको भन्दै चितवनमा मेडिकल र धार्मिक पर्यटनको समेत सम्भावना भएको बताए । उनले नेपालमा अब राजनीतिक स्थिरतासँग विकासका कामहरू हुने विश्वास व्यक्त गर्दै पर्यटनको क्षेत्रमा सहयोग पुर्‍याउने अपेक्षा गरे । धेरै रकम खर्च गर्नसक्ने उच्चवर्गका पर्यटकलाई मात्र आकर्षित गर्ने परिपाटीले समग्र पर्यटनको विकास हुन नसकेको गोष्ठीका सहभागीले बताए । मध्यमवर्गीय परिवारका व्यक्तिलाई लक्षित गरेर पर्यटनको अवसर दिन सकेमा पर्यटकको सङ्ख्या वृद्धि हुने र त्यसले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने उनीहरूको भनाइ थियो । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गरेको गोष्ठीको पहिलो दिन नेपाल र भारतका तर्फबाट पर्यटनबारे प्रस्तुति भएको थियो । गोष्ठीको दोस्रो दिन शनिवार सहभागीले सौराहामा हात्तीसफारी, चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी र राप्ती नदीमा डुङ्गा शयर गर्दै चितवनमा पर्यटकीय स्थलको अवलोकन एवम् भ्रमण गरेका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)