ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुग्लिन–नारायणगढ सडक : ८१ प्रतिशत काम पूरा

Mar 20, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
चितवन । देशकै लाइफलाइनका रूपमा रहेको मुग्लिन–नारायणगढ सडक विस्तारको काम ८१ प्रतिशत पूरा भएको छ । पछिल्लो समय निर्माणले तीव्रता पाएको हो । आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार तीन तहको कालोपत्रमध्ये पहिलो तह २४ दशमलव ५ किमी सम्पन्न भएको छ । दोस्रो तह २० दशमलव ५ किमी र तेस्रो तहको कालोपत्र शुरू गरिएको छ । ८ दशमलव ७ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । बाँकीमध्ये पनि ४ किलोमिटर सडक कालोपत्रका लागि तयारी अवस्थामा पुगेको छ । मुग्लिन–नारायणगढ सडक ३३ दशमलव २ किमी लामो छ । करीब २० दिनमा ४ किमी सडक पनि कालोपत्र हुने खनालले बताए । उनका अनुसार आगामी वैशाख १५ सम्ममा पहिलो तह र जेठ १५ सम्ममा पहाड काट्न बाँकी रहेको चेपाङ डाँडाको फेदको ५ सय मिटरबाहेक अन्य क्षेत्रमा कालोपत्र हुनेछ । उनले नेपालमै पहिलोपटक डेन्स बिटुमिनर्स म्याकडम (डीबीएम) प्रविधिबाट सडक कालोपत्र गरिने भएकोले तुलनात्मक रूपमा बाटो बलियो हुने बताए । सो प्रविधि विमानस्थलका धावनमार्गमा कालोपत्रका लागि प्रयोग गरिन्छ । नारायणगढबाट मुग्लिनतर्फ पहिलो खण्डमा भित्तो काट्नु पर्ने काम सकिएको छ । दोस्रो ठाउँ १६ किलोमा भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । मुग्लिनबाट ७ सय मिटर नारायणगढतर्फ २ नम्बर पुलबाट ५ सय मिटरको दूरीमा करीब ३ सय मिटर क्षेत्रमा भित्तो काट्नु पर्ने काम बाँकी छ । शुरूमा ५ दशमलव ५ मिटर मात्रै फराकिलो रहेको सडक ८ मिटरसम्म फराकिलो भए पनि ९ मिटर पु¥याउन धेरै भित्तो काट्नुपर्ने भएकाले समयमा आयोजना सम्पन्न हुन कठिन देखिएको उनले बताए । आयोजनाका परामर्शदाता इञ्जिनीयर पुष्कर रेग्मीले तोकिएको समयमा काम सम्पन्न गर्न सम्भावना कम रहेको भन्दै तेस्रो खण्डलाई ९९ दिन, दोस्रो खण्डलाई ८९ दिन र पहिलो खण्डलाई ८५ दिन मिति थप्न प्रस्ताव गरिएको जानकारी दिए । पहिलो खण्डका लागि १० मे २०१८, दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय थप गर्न सिफारिश गरिएको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)