ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

गाउँपालिका कार्यालय सार्ने निर्णय विरुद्ध आन्दोलन

Mar 20, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

चैत ६, रुकुम । गाउँपालिका कार्यालय सार्ने निर्णय विरुद्ध स्थानीयले पश्चिम रुकुमको सानीभेरी गाउँपालिका बन्द गराएका छन् । उनीहरुले सरकारी कार्यालय, यातायात र बजार पूर्ण रुपमा बन्द गराएका हुन् ।

यसअघि सानीभेरी ९ सिम्ली बजारमा रहेको सानीभेरी गाउँपालिकाको कार्यालय जग्गा अभावका कारण सानीभेरी ७ द्वारे ज्यूलामा सार्ने गरी सोमवार बसेको गाउँकार्यपालिकाको बैठकले गरेपछि स्थानीयले विरोध गरेका हुन् ।

सिम्ली बजारबाट मुसिकोट, चौरजहारी लगायतका क्षेत्रमा सञ्चालन हुने यातायातका साधनहरु, सानीभेरी गाउँपालिकाको कार्यालयहरु पूर्ण रुपमा बन्द गरिएको स्थानीयले बताएका छन् भने जनप्रतिनिधीहरुलाई स्थानीयले घेरा हालेको बताइएको छ । जनप्रतिनिधीहरु प्रहरी चौकी सिम्लीमा रहेका छन् ।

जग्गा अभाव भएका कारण सानीभेरी गाउँपालिकाका १० ओटा वडाले सार्ने निर्णयको सर्मथन गरेका छन् भने एउटा वडाले यसको विरोध गरेको गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिएका छन् ।

कुनैपनि हालतमा गाउँपालिका कार्यालय सार्ने निर्णय नसच्याउने अध्यक्ष पुनले बताए । हालको गाउँपालिका कार्यालयमा ९ नम्बरको वडा कार्यालय रहने उनले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)