चैत ६, काठमाडौं । मङ्गलवार नेप्से परिसूचक १ दशमलव १८ प्रतिशत घटेको छ । कारोबार भएदेखि घटेको बजार अन्त्यसम्ममा १५ दशमलव शून्य ५ अङ्कले घटेर १ हजार २ सय ५५ दशमलव ४७ विन्दुमा पुगेको छ । कारोबार भएका १ सय ५९ कम्पनीमा २० कम्पनीको शेयर मूल्य बढेको छभने १ सय २७ कम्पनीको शेयर मूल्य घटेको छ । साथै, १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
कारोबार भएका ९ समूहको परिसूचकमा होटल समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ । होटल समूहमा पर्ने तारागाँउ रिजेन्सि होटल, सोल्टी होटलको शेयर मूल्य बढेपछि यस समूहको परिसूचक बढेको हो । बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, वित्त जलविद्युत, विकास बैङ्कको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो ।
१ सय ५९ कम्पनीको ४ हजार ९ सय ४१ पटकको व्यापारमा ९ लाख ६२ हजार ९ सय ५२ कित्ता शेयरको रू. ३२ करोड ८९ लाख बराबरको शेयर कारोबार भएको छ । सोमबारको तुलनामा यस दिन शेयर काराबोर रकम बढेको छ । सबैभन्दा बढी शेयर कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स र नविल बैङ्क रहेका छन् ।