ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्चले डाँडाको काखमा खुल्दै छ ‘वृन्दावन रिसोर्ट’

Mar 22, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
पोखरा । व्यवसायी सुरेन्द्रमणि पौडेलले सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् । पोखरा लेखनाथ महानगरपालिका–२७ स्थित अर्चलेमा रिसोर्ट निर्माण भइरहेको छ । जेनिया ग्रूपअन्तर्गत सञ्चालन हुने रिसोर्टको नाम ‘वृन्दावन’ राखिएको छ । भगवान श्रीकृष्णले बाल्यकाल बिताएको स्थान वृन्दावनको झझल्को दिने गरी रिसोर्ट परिसरलाई डिजाइन गर्दै त्यहीअनुसारको संरचना तयार पार्न लागिएको छ । ५० रोपनी जग्गामा नयाँ अवधारणाका साथ रिसोर्ट निर्माण गरिरहेको पौडेलले जानकारी दिए । पहिलो चरणमा रिसोर्टमा जग्गाबाहेक १० करोड रुपैयाँभन्दा बढी लगानी हुने पौडेलले बताए । ‘जङ्गल रिसोर्टको झझल्कोसमेत दिने गरी संरचना तयार पार्दै छौं,’ उनले भने, ‘अर्चले डाँडाको काखमा स्तरीय रिसोर्ट सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सफल हुनेछौं ।’ रिसोर्टको प्रवेशद्वार मुरली आकारको बनाइनेछ । रिसोर्ट परिसरमै गाईभैंसी पालिने पौडेलले जानकारी दिए । गाईभैंसी दुहेको र दही मथेको पनि पर्यटकले प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । ‘पर्यटकलाई खुवाउन मौसमअनुकूल फलफूल तथा तरकारी पनि रिसोर्टपरिसरमै उत्पादन हुनेछ,’ उनले भने । ‘रोबोट्रिक म्युजियम’ स्थापना गरेर पर्यटकलाई प्राचीन झझल्को दिने ‘कृष्ण अवतार’का विविध गतिविधिको भिडियो हेर्ने व्यवस्था मिलाइने भएको छ । रथमा चढेर रिसोर्टवरपरको दृश्यावलोकन गर्ने व्यवस्था र आएका प्रत्येक पर्यटकलाई मुरली उपहार प्रदान गरिने उनले जानकारी दिए । पहिलो चरणमा २४ ओटा कोठाबाट रिसोर्टले सेवा शुरू गर्नेछ । रिसोर्टमा एउटा मुख्य भवन निर्माण भइरहेको छ भने ६ ओटा घुमाउने घरका कटेज निर्माण भइरहेका छन् । आधुनिक स्विमिङ पुलसहित विभिन्न खेलहरू खेल्ने व्यवस्थासमेत मिलाइने उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)