चैत ९, काठमाडौं । गत साता नेप्से परिसूचक ६७ दशमलव ९२ अङ्कले घटेको छ । अहिलेको बजारमा शेयरको आपूर्ती बढी र कम माग भएको देखिन्छ ।
केही समय अघिदेखि बैङ्कमा भएको तरलता अभावका कारण परिसूचक ओरालो लागिरहेको थियो । तर, गत साता परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो साताको अन्तिम दिनको तुलनामा गत साताको अन्तिम दिन कारोबार रकम ८८ दशमलव ९० प्रतिशत बढेको थियो । त्यस्तै, कुल बजार पूँजीकरण ५ दशमलव २१ प्रतिशतले घटेको छ ।
अघिल्लो साताको अन्तिम दिन १ हजार २ सय ८८ दशमलव ३६ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन घटेर १ हजार २ सय २० दशमलव ४४ विन्दुमा पुगेको हो । तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक ५८ दशमलव ५२ अङ्कले घटेको हो । गत साता व्यापार समूह बाहेक सबै समूहहरुको परिसूचक घटेको थियो ।
साताको परिसूचक हेर्दा आगामी दिनमा बजार बढेमा पहिलो प्रतिरोधात्मक विन्दु १ हजार २ सय ७३ रहेको छ भने दोश्रो विन्दु १ हजार ३ सय २५ रहेको छ । त्यस्तै, बजार घटेमा पहिलो टेवा विन्दु १ हजार १ सय ८८ र दोश्रो टेवा १ हजार १ सय ५५ मा पाउने देखिन्छ । साताको मैनबत्ती चित्र हेर्दा अन्तिम दिन ‘लङ लेग्ड डोजी’ आकृति बनाएको छ । सो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ओभर शेल्ड जोन अथवा २१ दशमलव शून्य २ स्केलमा रहेको छ । यसले बजारमा शेयरको विक्री चाप उच्च रहेको देखाउँछ ।
सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन १२ दशमलव शून्य ६ अङ्कले घटेर २ सय ६० दशमलव ४१ अङ्क पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन ४ दशमलव ३५ अङ्कले घटेर ८७ दशमलव ७६ अङ्कमा पुगेको हो ।
गत साता २३ हजार ८ सय ६९ कारोबारबाट १ सय ७३ कम्पनीहरुको ४६ लाख २ हजार ६ सय ३० कित्ता शेयरहरु खरीद विक्री भए । जसबाट रू. १ अर्ब ७२ करोड ५ लाख २८ हजार बराबरका रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा ३२ दशमलव ९९ प्रतिशत बढी हो । अघिल्लो साता १ सय ७४ कम्पनीहरुको १७ हजार २ सय ८७ कारोबारबाट ३३ लाख ३९ हजार १ सय ६० कित्ता शेयरहरु खरीद विक्री भएका थिए । जसबाट रू. १ अर्ब २९ करोड ३६ लाख ९८ हजार बराबरको कारोबार भएको थियो ।
सो साता कारोबार रकम र कारोबार सङ्ख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीले गत साता रू. १६ करोड ५८ लाख २० हजार बराबरको शेयर कारोबार गरेको थियो भने कारोबार सङ्ख्याको आधारमा १ हजार ८ सय ८७ ओटा कारोबार भएको थियो । त्यस्तै, कारोबार भएको शेयर सङ्ख्याको आधारमा नेपाल क्रेडिट एण्ड कमर्श बैङ्क लिमिटेड अग्रस्थानमा रहको छ । कारोबार भएको शेयर सङ्ख्याको आधारमा यस कम्पनीले २ लाख १४ हजार कित्ता शेयर किनबेच गरेको थियो ।
गत साताको समूहगत परिसूचकः