ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुर–केण्डी शहर जोड्न श्रीलङ्काको प्रस्ताव

Mar 24, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, जनकपुरधाम । नेपालका लागि श्रीलङ्काली राजदूत वैलेज स्वर्णलता परेराले जनकपुरलाई श्रीलङ्काको केण्डी शहरसँग जोड्न प्रस्ताव गरेकी छिन् ।

हिन्दु धर्माबलम्बीहरुको महत्वपूर्ण ग्रन्थ रामायण नेपाल, भारत र श्रीलङ्का बीचको कथा रहेको बताउँदै राजदूत परेराले जनकपुरलाई केण्डी शहरसँग जोडेर पर्यटनको विकास गर्न प्रस्ताव गरेकी हुन् । नेपाल र श्रीलङ्का बीच पर्यटनलाई औद्योगिक रुप दिन जनकपुर–केण्डीलाई विकास गर्नुपर्नेमा उनले जोड दिइन् । जानकीको नेपालको जनकपुरधाम, भगवान रामको भारतको अयोध्या र राजा रावणको श्रीलङ्का स्थित शहरलाई पर्यटकिय हिसाबले जोडन आफुहरु सकारात्मक रहेको राजदूत परेराले बताइन् ।

पर्सा वीरगञ्जका उद्योगी अशोक वैद्यको पहलमा जनकपुर आएकी परेराले जनकपुरको इतिहास धार्मिक हिसाबले उत्कृष्ट रहेकाले पर्यटन विकासको प्रचुर सम्भावना रहेको प्रष्ट पारिन् ।

अवध मिथिला सांस्कृतिक केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले श्रीलङ्काली राजदूतको प्रस्तावलाई आधार मानेर पर्यटन क्षेत्रको विकास कार्य प्राथमिकताका साथ अगाडि बढाईने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)