ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाँच कम्पनीको हकप्रद शेयर लीलामीमा

Mar 25, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । २०७४ को अन्तिम महीना चैतको २१ गतेसम्मका लागि पाँच कम्पनीले संस्थापक र सर्वसाधारण शेयर गरी कुल ६८ लाख ७६ हजार ४ सय १६ दशमलव २४ कित्ता शेयर लीलामीमा ल्याएका छन् । हकप्रद शेयर लीलामीमा तीन फाइनान्स र दुई बैङ्कले ल्याएका हुन्, जसमा सिभिल बैङ्क, साङ्ग्रिला डेभलपमेण्ट बैङ्क, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र पोखरा फाइनान्स छन् । यी कम्पनीले बजारमा पूँजी वृद्धि अभियानस्वरूप हकप्रद शेयर जारी गरेका थिए । हकप्रद जारी गर्दा पूर्ण आवेदन नपरेपछि बोलकबोलद्वारा शेयर विक्री गर्न लागेका हुन् । लीलामीमा आवेदन दिँदा न्यूनतम मूल्य रू. १ सय तोके पनि सोभन्दा बढीको मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने कम्पनीहरूको सूचनामा उल्लेख छ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको हकप्रदमा आवेदन दिने अवधि चैत ११ गते आइतवारसम्म छ । हकप्रद शेयर जारी गरेपछि त्यस हकप्रदमा पूर्ण आवेदन नपरेपछि लीलामी पुनः विक्री गर्न पाउने प्रावधान धितोपत्र बोर्डले बनाएको छ । यसरी हकप्रद लीलामीमा ल्याउँदा बोर्डले लगानीकर्ता सबैलाई समान अवसर दिनुपर्ने व्यवस्था छ । साथै, लीलामीमा ल्याउने प्रक्रियामा धितोपत्र बोर्डले सबै समूहको संस्थापक र सर्वसाधारण एकैपटक गर्नुपर्ने, अङ्कित मूल्यमा शेयर बढाबढ गर्नुपर्ने, हकप्रद शेयर लीलामीमा विक्री खुला हुने मितिभन्दा १ हप्ताअघि राष्ट्रिय पत्रिकामा सूचना दिनुपर्ने रहेको छ । त्यसैगरी, लीलामीको हकप्रद शेयर विक्री खुला हुनु ३ दिनअघि दुईओटा अनलाइन, २ दिनअघि दुईओटा रेडियो, १ दिनअघि दुई राष्ट्रिय आर्थिक पत्रिकामा सूचना दिनुपर्ने प्रावधान छ । कम्पनीले लीलाम बढाबढको दरखास्त लिने अवधि कम्तीमा ७ दिन राख्नुपर्ने, लीलामीमा पूर्ण आवेदन नपरे परेको आवेदनअनुसार बाँडफाँट र बाँकी शेयर पुनः लीलामी गर्नुपर्छ । शेयर खरीदका लागि आवेदन दिने आवेदकले फिर्ता पाउने रकम ३ दिनभित्र फिर्ता शुरू गर्नुपर्ने व्यवस्था छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)