ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अधिकांश स्थानीय तहमा अझै पुगेन बैङ्किङ सेवा

Mar 25, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

चैत ११, तनहुँ । राष्ट्रले सबै स्थानीय तहमा सरल बैङ्किङ सेवा विस्तारको नीति ल्याए पनि तनहुँका अधिकांश स्थानीय तहमा अझै बैङ्किङ सेवा शुचारु हुन सकेको छैन । बैङ्क पुगेका स्थानीय तहमा पनि वित्तीय कारोबार शुरु भएको छैन ।

४ नगरपालिका र ६ गाँउपालिका रहेको तनहुँ जिल्लामा स्थानीय तहले पूर्णता पाएको झन्डै १ वर्ष पुग्न लाग्दा समेत बैङ्कको सेवा नपुग्दा स्थानीय तहमा आर्थिक कारोबार गर्न समस्या भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । तनहुँको ब्यास, शुक्लागण्डकी र भिमाद नगरपालिका, बन्दीपुर र आबुखैरेनी गाँउपालिकाहरुका केही वडाहरुमा स्थानीय तह हुनुभन्दा पहिलादेखि नै सरल तथा सहज बैङ्किङ सेवा सञ्चालनमा रहेका भएपनि अन्य स्थानीय तहमा कतै बैङ्कको शाखा समेत विस्तार भएका छैनन् भने कतै विस्तार भएका शाखाबाट वित्तीय कारोबार शुरु नै भएको छैन ।

म्याग्दे गाँउपालिकामा लक्ष्मी बैङ्क र ज्योति बैङ्कले शाखा विस्तार गरेको ७० दिन भन्दा बढी समय बितिसक्दा पनि कुनै वित्तीय काम नगरेको गाँउपालिकाकी अध्यक्ष माया रानाले जानकारी दिइन् । ‘स्थानीय तहलाई लक्षित गरी स्थापित भएको बैङ्कमा स्थानीय तहको केही कारोबार भएको छैन,’ रानाले भनिन् ।

ऋषिङ गाँउपालिकाको पनि त्यस्तै गुनासो छ । ऋषिङ र घिरिङ गाँउपालिकामा कुमारी बैङ्कले शाखा विस्तार गर्ने कुरा चले पनि शाखा विस्तार कार्यमा ढिलाई हुँदा स्थानीय तहको काम गर्न समस्या भएको ऋषिङ गाँउपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । घिरिङ गाँउपालिकामा बैङ्क नहुँदा बैङ्कको सेवा लिन भिमाद र खैरेनीटार लगायतका ठाँउहरुमा पुग्नुपर्ने बाध्यता छ ।

नयाँ संरचनाअनुसार क्रमशः गाँउपालिका र नगरपालिकाबाट नै धेरै काम हुने भएपछि गाँउ घरमा बजारीकरण, आर्थिक गतिविधि र व्यावसायिक चहलपहल बढे पनि बैङ्कको समस्या जस्ताको त्यस्तै हुँदा उपभोक्ता समिति, व्यवसायी तथा सर्वसाधारणले परिवर्तनको अनुभूति गर्न नपाएको गुनासो गर्ने गरेका छन् ।

देवघाट गाँउपालिकामा ज्योति बैङ्कले शाखा विस्तार गरीसकेको छ भने सिद्धार्थ बैङ्क जाने तयारीमा छ । त्यस्तैगरी भानु नगरपालिकामा राष्ट्र बैङ्कले तोकेका विभिन्न बैङ्कको शाखा विस्तार भएका छन्, तर एउटा शाखाबाट पनि प्रभावकारी बैङ्किङ सेवा शुचारु नभएको गाँउपालिकाले जानकारी दिएको छ । सबै स्थानीय तहमा राष्ट्रिय स्तरका ‘क’ श्रेणीका बैङ्कले सेवा विस्तार गर्ने तयारी गरेपनि विविध कारण देखाउदै शाखा विस्तारमा ढिलाई गरीरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)