ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैशाखदेखि उद्योग पनि लोडशेडिङ मुक्त

Mar 25, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
चैत ११, काठमाडौं । आगामी वैशाखदेखि उद्योग क्षेत्र पनि लोडशेडिङ मुक्त हुने भएको छ । आइतवार नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्र (एलडिसी) पुगेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन् । हाल उद्योगमा विद्युत् माग उच्च हुने (पीक आवर) साँझ र बिहानको ३ देखि ४ घण्टासम्म लोडशेडिङ हुँदै आएको छ । प्राधिकरणले थप विद्युत् आयात तथा देशभित्रको उत्पादनलगायतलाई व्यवस्थापन गरी आगामी जेठबाट उद्योगको लोडशेडिङ हटाउने तयारी गरेको थियो । तर, मन्त्री पुनले नयाँ सरकारका तर्फबाट उद्योग क्षेत्रलाई नयाँ वर्षको नयाँ सन्देश दिन वैशाखको एकै दिन मात्रै छोएर भए पनि लोडशेडिङ अन्त्य गर्न मन्त्री पुनले निर्देशन दिएका हुन् । लोडशेडिङ छैन नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्यका लगायत मुलुकभर घरायसी उपभोक्तामा घोषित÷अघोषित कुनै पनि प्रकारको लोडशेडिङ नगरिएको र गर्नु पर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ । औद्योगिक ग्राहकलाई केही घण्टाको लोडशेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरूपमा विद्युत् आपूर्ति भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर विद्युत् जाँदैमा उपभोक्ताले त्यसलाई लोडशेडिङ गर्यो भनी नबुझ्नु होला,’ घिसिङ्ले भने । सुख्खायामसँगै शुरू भएको हावाहुरीले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा गडबडी (ट्रिपिङ) हुँदा विद्युत् आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जानकारी दिएको छ । ‘सडक तथा खानेपानी पाइप विस्तारका कारण हाम्रा भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सफर्मर सार्नु पर्ने लगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुनसक्छ,’ घिसिङले भने, ‘यस्ता समस्या तत्काल समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न देशैभर हाम्रा कर्मचारीहरू २४सै घण्टा खटिरहेका छन् ।’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कण्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युत्को मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेको बताए । ‘ओभरलोड भएका सब–स्टेसन मर्मत गर्दा विद्युत् आपूर्ति कटौती गरिएको हुनसक्छ,’ उनले भने, ‘मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)