ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सप्तकोशी नदीमा जेट बोट सञ्चालन

Mar 26, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
सुनसरी । चतराबाट जलमार्ग हुँदै भोजपुर र धनकुटा, उदयपुरका विभिन्न स्थानमा जाने यात्रु तथा पर्यटकको सुविधाका लागि सप्तकोशी नदीमा व्यावसायिक जेट बोट सञ्चालनमा आउने भएको छ । ३ करोड रुपैयाँको लगानीमा चतराका युवा व्यवसायीले सञ्चालनमा ल्याएको जेट बोट सोमवारबाट व्यावसायिक रूपमा सञ्चालन आरम्भ गर्न लागिएको सञ्चालक सदस्य अमित भगतले जानकारी दिए । वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा कम्पनीले वराहक्षेत्रनजिक सप्तकोशी नदीमा नयाँ जेट बोट उतारिसकेको छ । जेट बोट सञ्चालनबाट वराहक्षेत्रको धार्मिक एवम् पर्यटकीय आकर्षणमा थप योगदान पुग्ने विश्वास गरिएको छ । सप्तकोशी किनारमा रहेका उदयपुर, भोजपुर र धनकुटाका विभिन्न घाटमार्फत जलयात्राको सम्भावनालाई बढाउने भगतले बताए । अहिले सञ्चालनमा ल्याइएको जेट बोटमा बढीमा ४० जनालाई सहजै यात्रा गराउने क्षमता रहेको उनको भनाइ छ । यात्रु र सामान गरी ३ हजार ५ सय किलो लैजान सकिने भएकाले हाललाई २५ जना यात्रु र सामान्य लगेज मात्र चढाइने कम्पनीले जानकारी दिएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिकाबाटधनकुटाको सिम्लेसम्मको पैदल दुरी करीब २० किलोमिटरको रहेकाले सिम्ले पुग्न वराहक्षेत्रबाट ४ देखि ५ घण्टा हिँड्नुपर्छ । तर, जेट बोटबाट बढीमा १५ मिनेटमा सिम्ले पुर्‍याउन सकिने भगतले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)