ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

शेयर बजार ११६८.५५ विन्दुमा, जम्मा २ कम्पनीको मूल्य बढ्यो

Mar 26, 2018  
लगानी मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

चैत १२, काठमाडौं (अस) । सोमवार नेप्से परिसूचक ४ दशमलव २५ प्रतिशत घटेको छ । परिसूचक निरन्तर ओरालो लागेर १ घण्टा नपुग्दै ३ प्रतिशतले घटेर सर्किट ब्रेक गरेको थियो । त्यसपछि बजार ओरालो लाग्न केही थामिएपनि अन्त्यमा, परिसूचक ५१ दशमलव ८९ अङ्कले घटेर १ हजार १ सय ६८ दशमलव ५५ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन कारोबार रकम भने रू. ३ करोड १७ लाख बढेर रू. ४७ करोड ३३ लाख पुगेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स ४ दशमलव १३ प्रतिशतले घटेर २ सय ४९ दशमलव ६५ अङ्क पुगेको छ ।

यस दिन प्रोग्रेसिभ फाइनान्स र स्वदेशि लघुवित्तको मात्र शेयर मूल्य बढेको थियो । प्रोग्रेसिभ फाइनान्सको मूल्य भने ९ दशमलव ८६ प्रतिशत घटेर अन्तिम मूल्य रू. १ सय ५६ पुगेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्थाको १ दशमलव ९२ प्रतिशतले बढेको हो । यस दिन नेपाल लाइफ इन्स्योरेन्सको रू. ५ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ । यस बीमा कम्पनीको अन्तिम शेयर मूल्य रू. १ हजार ५ सय ४३ पुगेको छ । एनएलजी इन्स्योरेन्सको शेयर मूल्य भने १० प्रतिशत घटेको हो । यस दिन सबै समूहको परिसूचक घटेको छ ।

बीमा समूहको परिसूचक ६ दशमलव ७५ प्रतिशत, लघुवित्तको ५ दशमलव ५६ प्रतिशत, जलविद्युतको ४ दशमलव ८२ प्रतिशत र होटलको ४ दशमलव ६४ प्रतिशत घटेको छ । साथै, बैङ्किङ समूहको परिसूचक ३ दशमलव ८४ प्रतिशत, विकास बैङ्कको ३ दशमलव ५४ प्रतिशत, ‘अन्य’ समूहको परिसूचक ३ दशमलव १७ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशलमव ७९ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव ७३ प्रतिशत घटेको हो ।

त्यस्तै, १ सय ४४ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनी स्थिर रहेका छन् । सो दिन १ सय ५७ कम्पनीको ७ हजार ४ सय ८८ पटकको व्यापारमा १५ लाख ५८ हजार ८ सय ४ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ओभरबट जोन अथवा १५ दशमलव ९५ स्केलमा रहेको छ । यसले बजारमा शेयरको विक्री चाप उच्च रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव शून्य १ अङ्क रहेको छ । यसले बजार बियरीश प्रवृत्तिमा रहेको देखाउँछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)