ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२५ हजार घर प्रबलीकरण गर्नुपर्ने

Mar 28, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । भूकम्पको ३ वर्षको अवधिमा मात्रै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास/घर प्रबलीकरण अभियान सञ्चालन गर्ने भएको छ । भूकम्पबाट आंशिक क्षति भएका २४ हजार ९ सय ९१ घर प्रबलीकरण गर्नुपर्ने देखिएपछि प्राधिकरणले ‘प्रबलीकरण विशेष अभियान’ नै सञ्चालन गर्ने घोषणा गरेको हो । प्राधिकरणले सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्पप्रतिरोधी बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मङ्गलवार प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ती जिल्लाका घरहरू प्रबलीकरण गर्ने सूचीमा समावेश गरी निर्माण अघि बढाउने निर्णय गरेको छ । भूकम्पप्रतिरोधी घर बनाउन विकास साझेदार संस्थाहरू डीएफआईडी, यूएनओपीएस तथा बिल्ड चेञ्जले प्राधिकरणलाई सहयोग गर्ने भएका छन् । प्राधिकरणका अनुसार यी तीन संस्थाले आगामी २ वर्षभित्र २ हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्मी गरी कुल १४ हजारलाई प्रबलीकरण तालीम दिने सहमति भएको छ । तालीमका क्रममा १ हजार भूकम्पप्रभावितको क्षतिग्रस्त घर प्रबलीकरण हुने प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिए । प्राधिकरणको आवास, वस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले उक्त प्रस्ताव अध्ययन गरी त्यसलाई अन्तिम रूप दिई १ हप्ताभित्र शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई कार्यान्वयनको जिम्मा दिनेछ । प्राधिकरणले प्रबलीकरणको पाठ्यक्रम निर्माण भएपछि ०७५ वैशाख पहिलो सातादेखि नै ४ स्थानमा प्राविधिक कर्मचारीलाई प्रबलीकरण तालीम सञ्चालन गर्ने भएको छ । प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा ३ सय ७६, दोलखामा ६ सय ३७, रसुवामा १ सय १७, ललितपुरमा ६ सय ६७, भक्तपुरमा २ सय ७८, लमजुङमा ५ सय ३९ लगायत अन्य भूकम्पबाट कमप्रभावित जिल्लाका घरहरू अभियानअन्तर्गत प्राधिकरणले प्रबलीकरण गर्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)