ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारी कृषि फार्म केन्द्रीय सरकारअन्तर्गत राख्न प्रस्ताव

Mar 29, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
बनेपा । कृषि विभाग एवम् पशुसेवा विभागअन्तर्गतका कृषि फार्म र पशु विकास फार्म सङ्घीय सरकारअन्तर्गत नै रहने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गृहकार्य भइरहेको छ । यस विषयमा छलफल भइरहेको कृषि विभागका महानिर्देशक डिल्लीराम शर्माले बताए । नेपालमा कृषि विभागअन्तर्गत ३८ ओटा कृषि फार्म र केन्द्रहरू सञ्चालित छन् भने पशुसेवा विभागअन्तर्गत १२ ओटा पशु विकास फार्महरू सञ्चालनमा छन् । यसबाहेक पशु एवम् कृषि विभागअन्तर्गत रहेका विभिन्न प्रयोगशाला र ल्याबहरूलाई पनि सङ्घीय सरकारअन्तर्गत नै राख्न प्रस्ताव गर्न लागिएको छ । कृषि विभाग तरकारी विकास निर्देशनालयअन्तर्गत देशका विभिन्न क्षेत्रमा रहेका १० ओटा तरकारी विकास केन्द्र, १२ ओटा फलफूल विकास केन्द्र, १० ओटा मत्स्य विकास केन्द्र र आठओटा रेशम खेती विकास स्रोत केन्द्र सञ्चालनमा रहेका छन् । यसैगरी पशुसेवा विभागअन्तर्गत १२ ओटा पशु विकास फार्म, पाँचओटा क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला र छओटा केन्द्रीय प्रयोगशाला सञ्चालनमा छन् । कृषि निर्देशनालयअन्तर्गत पाँच/पाँचओटा क्षेत्रीय बीउबिजन प्रयोगशाला, माटो परीक्षण प्रयोगशाला र बाली संरक्षण प्रयोगशाला पनि केन्द्रीय सरकारमातहत सञ्चालन गर्न प्रस्ताव गर्न लागिएको छ । कृषि विभागअन्तर्गत सञ्चालित विभिन्न कृषि केन्द्र, फार्म र प्रयोगशाला रहेका जिल्लाका कार्यालयले आसपासका दुईदेखि तीनओटा जिल्लासम्म हेर्ने गरी कार्यक्रम बनाउन गृहकार्य भइरहेको कृषि विभाग स्रोतले आर्थिक अभियानलाई बतायो । ‘कृषि फार्म, केन्द्र, ल्याब र प्रयोगशाला रहेका कार्यालयमा कृषि तथा पशुसेवाका सबै विज्ञलाई राखेर प्रस्तावित जिल्लाका कृषकमा सेवा पुर्‍याउने कृषि एवम् पशुसेवा विभागको उद्देश्य रहेको बुझिएको छ । तर, यी सबै विषयमाथि अहिले छलफल चलिरहेकाले तत्कालै यसबारे केही बोल्नु उपयुक्त नहुने महानिर्देशक शर्माले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)