ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्यूठान अण्डा र मासुमा आत्मनिर्भर

Mar 29, 2018  
प्रदेश समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
प्यूठान । प्यूठान अण्डा र मासुमा आत्मनिर्भर भएको छ । अण्डाका लागि लेयर्स र मासुका लागि ब्रोइलर कुखुरा पालन बढेपछि जिल्ला चालू आवमै यसमा आत्मनिर्भर भएको पशुसेवा कार्यालय प्यूठानका प्रमुख डा. शरणकुमार पाण्डे बताए । जिल्लामा वार्षिक प्रतिव्यक्ति ४८ ओटा अण्डा र १४ किलोग्राम मासुको आवश्यकता छ । हाल जिल्लामा प्रतिव्यक्ति १४ दशमलव २ किलोग्राम मासु आपूर्ति भएको पाण्डेले बताए । पछिल्ला केही वर्षयता वैदेशिक रोजगारीमा गएका युवा स्वदेश फर्केपछि व्यावसायिक कुखुरापालनमा संलग्न छन् । ‘पछिल्लो समय जिल्लामा कुखुरापालन गर्ने कृषकको सङ्ख्या बढेपछि आत्मनिर्भरताको लक्ष्य हासिल गर्न सकिएको हो ।’ पाण्डेका अनुसार हाल जिल्लामा लेयर्स कुखुरा पालन गर्ने १० ओटा फार्म दर्ता भएका छन् । त्यस्तै, ब्रोइलर पालक कृषक पनि बढ्दै गएका छन् । पशु सेवा कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा वार्षिक ३ हजार २ सय ६६ टन मासु उत्पादन हुने गरेको छ । जिल्लामा अण्डा तथा मासुमा आत्मनिर्भर भएपछि अन्य जिल्लाबाट आपूर्ति हुने अण्डा र मासुको परिमाण कटौटी हुँदै गएको छ । जिल्लामा अहिले ४ देखि ५ हजारको हाराहारीमा कुखुरा फार्म छन् । छोटो समयमै राम्रो आम्दानी गर्ने सकिने भएकाले कुखुरापालन व्यवसायमा किसानको आकर्षण बढेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)