ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अझै बढेन लगानीकर्ताको मनोबल, साताको पहिलो दिन १.९७ प्रतिशत घट्यो नेप्से

Apr 1, 2018  
लगानी मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक १ दशमलव ९७ प्रतिशत घटेको छ । दिनभरिको कारोबारपछि अन्त्यसम्ममा परिसूचक २४ दशमलव शून्य ५ अङ्क घटेर १ हजार १ सय ९६ दशमलव २४ विन्दुमा पुगेको छ । यस दिन नेप्से कारोबारको शुरुमा १ हजार २ सय २२ दशमलव २० विन्दुमा पुगेको थियो । सो विन्दु धेरै समय टिक्न सकेन । कारोबारको दोस्रो घण्टादेखि बजार स्थिर रूपमा सामान्य घट्बढ् भएको नेप्से चित्रले देखाउँछ ।

श्वेतपत्र आएपछि लगानीकर्ताको मनोबल बढ्ने र शेयर बजार पनि उकालो लाग्ने अनुमान गरिएको थियो । शुक्रवार सार्वजानिक भएको श्वेतपत्रले समस्या के–के छन् भनेर देखाएको हो । ति समस्याको समधानका लागि डा. खतिवडाले के कस्तो नियम ल्याउँछन् भन्ने पर्खाइमा लगानीकर्ता रहेको शेयरका लगानीकर्ता सन्तोषराज बजगाँईले बताए । उनि भन्छन्, ‘बजारमा माग कम र आपूर्ति बढी, बैङ्कहरूको ब्याजदर बढी भएको छ’ । यि समस्यालाई सरकारले समाधान गर्‍यो भने बजार बढ्न सक्ने उनको बुझाइ छ । अर्थमन्त्रालय र सरोकारवालाहरु बिच पूँजीबजार सुधारको सम्बन्धमा छलफल जारी रहेको छ ।

कारोबार भएका ९ समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो । बीमा समूहको परिसूचक २ दशमलव ६७ प्रतिशत, जलविद्युतको २ दशमलव ५५, विकास बैङ्कको २ दशमलव ४८, बैङ्किङको २ प्रतिशतले घटेको छ । लघुवित्तको १ दशमलव ९६, होटल समूहको १ दशमलव ५३, वित्तको १ दशमलव २, ‘अन्य’ समूहको शून्य दशमलव ८४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ६९ प्रतिशत घटेको छ ।

यस दिन कारोबार भएका १ सय ५७ कम्पनीको ७ हजार ७४ पटकको व्यापारमा १२ लाख ८३ हजार १३ कित्ता शेयरको रू. ३१ करोड २३ लाख बराबरको शेयर कारोबार भएको छ । नेप्सेमा उच्च कारोबार हुने १० कम्पनीमा स्ट्याण्डर्ड चार्टर्डको प्रतिकित्ता रू. ८ सय २५ मा रू. १ करोड ७० लाख बराबरको शेयर कारोबार भएको छ । तिनाउ डेभलपमेण्ट बैङ्क लिमिटेडले शेयर मूल्य ३ दशमलव ९१ प्रतिशतले बढेको छभने एनएमबि हाइब्रिड फण्ड एल १ को शेयर मूल्य ६ दशमलव ८४ प्रतिशतले घटेको छ । कारोबार भएका १ सय ५७ कम्पनीमा १७ कम्पनीको शेयर मूल्य बढेको छभने १ सय २९ कम्पनीको शेयर मूल्य घटेको छ । साथै, ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)