ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१४औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला वैशाखमा : घरेलु उद्योगको प्रवर्द्धनमा केन्द्रित रहने

Apr 2, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । काठमाडौंमा ‘१४औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना हुने भएको छ । ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने मूल नाराका साथ आगामी वैशाखमा महोत्सवको आयोजना गर्न लागिएको हो । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ उक्त महोत्सव आयोजना हुने भएको हो । महोत्सव वैशाख १४ देखि १८ गते ५ दिनसम्म भृकुटीमण्डपमा आयोजना हुने आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जानकारी दिएको छ । महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले झण्डै ३ लाख लघु, घरेलु तथा साना उद्योगलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिने बताए । नेपालजस्तो देशमा लघु, घरेलु तथा साना उद्योगहरू प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले प्रतिस्पर्धी बन्न नसकेको हुँदा यस्ता उद्योगलाई पुस्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । महोत्सवका संयोजक मोहन कटुवालले उद्योगको उत्पादन तथा व्यापार प्रवर्द्धनका लागि गरिने प्रदर्शनीले मुलुकको औद्योगिकीकरणको वर्तमान अवस्थालाई उजागर गर्ने बताएका छन् । उनले नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत उत्पादनलाई समावेश गरी बीटूबी, बीटूसी, बीटूजीजस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रूपमा रहने बताए । आयोजकका अनुसार प्रदर्शनीमा नेपालका सबै जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहनेछ । प्रदर्शनीमा २ सय ५० ओटा स्टल रहनेछन् । प्रदर्शनीमा २ लाखभन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने र ७ करोडभन्दा बढीको प्रत्यक्ष र १० करोडबराबरको कारोबार हुने अनुमान गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा हुने मेलाको सह–आयोजकमा नेपाल सरकार, उद्योग मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम र अन्तरराष्ट्रिय श्रम सङ्गठन आईएलओ रहेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)