ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ करोडमा नाटक घर बन्दै

Apr 2, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
विराटनगर । भारतीय दूतावास र विराटनगर महानगरपालिकाको संयुक्त पहलमा विराटनगर–८ को आरोहण गुरुकुल परिसरमा नमूना नयाँ नाटक घरको निर्माण शुरू गरिएको छ । प्रदेश नम्बर १ मा नै पहिलो नमूना नाटक घरको अवधारणा लिएर नाटक घर बनाउन लागिएको हो । रू. ३ करोड ५४ लाख ८० हजारको लागतमा खुश्बु निर्माण सेवा कम्पनीले निर्माण जिम्मा लिएको छ । नाटक घरको २०७६ असोज मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम द्रुत गतिमा भइरहेको महानगरपालिकाले बताएको छ । आरोहण गुरुकुलको नयाँ नाटक घरको क्षमता भने ३ सयदेखि ४ सयसम्म रहेको छ । आधुनिक प्रविधिबाट निर्माण गरिने नाटक घर विराटनगरको मात्रै नभएर पूर्व क्षेत्रकै उत्कृष्ट नाटक घर हुने महानगरपालिको बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)