ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेप्सेमा करेक्सन, कारोबार रकम ९४ करोड

Apr 9, 2018  
लगानी मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, काठमाडौं । सोमवार नेप्से परिसूचक शून्य दशमलव ५३ प्रतिशत घटेको छ । पछिल्लो ४ दिनमा १ सय १ दशमलव ६९ अङ्कले बढेको बजारमा यस दिन करेक्सन देखापरेको हो । दिनभरि उतारचढावमा रहेको बजार अन्त्यमा भने घटेर बन्द भएको छ ।

केही दिनदेखि बढेको बजारबाट केही लगानीकर्ताहरुले भने नाफा कमाउने शेयर विक्री गरेको विश्लेषण गरिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन कारोबार रकम बढेर रू. ९४ करोड ९६ लाख पुगेको छ । दिनभरीको कारोबारमा परिसूचक ६ दशमलव ८७ अङ्कले घटेर १ हजार २ सय ८७ दशमलव ७८ विन्दुमा पुगेको हो । कुल बजार पूँजीकरण भने घटेर रू. १५ खर्ब ९ अर्ब पुगेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ४५ प्रतिशतले घटेर २ सय ७४ दशमलव ८४ अङ्क पुगेको छ ।

यस दिन बैङ्क अफ काठमाडौंको संस्थापक शेयरको रू. १२ करोड २९ लाख बराबरको शेयर कारोबार भएको छ । यस संस्थापक शेयरको अन्तिम शेयर मूल्य रू. २ सय १२ पुगेको छ । यस बैङ्कको ४ पटकको व्यापारमा ५ लाख ७९ हजार ९ सय १४ कित्ता शेयर किनबेच भएको हो । सृजना फाइनान्स वित्तीय संस्थाको मूल्य भने ९ दशमलव ९६ प्रतिशत बढेर अन्तिम मूल्य रू. २ सय ६५ पुगेको छ । कर्पोरेट डेभलपमेण्ट बैङ्कको शेयर मूल्य भने ९ दशमलव ७७ प्रतिशत घटेको हो ।

‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ४१ प्रतिशत बढेको छ । सिटिजन इन्भेष्टमेण्ट ट्रस्ट र नेपाल दुरसञ्चारको शेयर मूल्य बढेपछि यस समुहको परिसूचक बढेको हो । होटल समूहको परिसूचक १ दशमलव ९४ प्रतिशत, जलविद्युतको १ दशमलव ८२ प्रतिशत र विकास बैङ्कको १ दशमलव २२ प्रतिशत घटेको छ । साथै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ९२ प्रतिशत, बैङ्किङको शून्य दशमलव ५ प्रतिशत, बीमाको शून्य दशमलव ४९ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४१ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव १ प्रतिशत घटेको छ । व्यापार समूह भने स्थिर रहेको छ ।

त्यस्तै, यस दिन ५२ कम्पनीको शेयर मूल्य बढेको छ । ९९ कम्पनीको शेयर मूल्य घटेको छ भने १८ कम्पनी स्थिर रहेका छन् । यस दिन १ सय ६९ कम्पनीको ११ हजार १ सय ३ पटकको व्यापारमा २६ लाख २७ हजार ८ सय ३२ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अर्थात् ५४ दशमलव ३९ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यसैगरी, नेप्सेको एडी रेशियो शून्य दशमलव ५२ अङ्क रहेको छ । यसले बजार बियरीश प्रवृत्तिमा रहेको देखाउँछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)