ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्राफिक नियम नमान्नेलाई हिरासत

Apr 10, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई प्रहरी हिरासत पठाउने अभियान शुरू गरेको छ । सवारीचालकहरूले साना खालका कारबाहीलाई सहज रूपमा लिने गरेकाले यस्तो अभियान चलाउनुपरेको प्रहरीले बताएको छ । केही विशेष अवस्थाका ट्राफिक नियम उल्लङ्घन गरेको पाइए हिरासतमा राख्नेदेखि २ हजार रुपैयाँसम्म जरीवाना तिराउने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । नियमविपरीत हर्न बजाउने र सवारी चालक अनुमतिपत्रविना नै सवारी चलाउनेलाई सबैभन्दा बढी निगरानीमा राखिएको उनको भनाइ छ । प्रहरीले सवारी चालक अनुमतिपत्रविना सवारी चलाउने र मापसे गरेर चलाउनेलाई समेत हिरासतमै राखेर सचेतना दिन थालेको छ । चर्को आवाजमा मोटरसाइकल चलाउने गरेको गुनासो स्थानीय बासिन्दाबाट आउन थालेपछि चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरी जवान सुदीप सापकोटाले जानकारी दिए । केही दिनयता ट्राफिक प्रहरीले १० जनाभन्दा बढी सवारीचालकलाई हिरासतमा रोखेर कारबाही गरेको छ । यस्तै, सवारी चेकजाँचका क्रममा नियम उल्लङ्घन गरेको पाइए चालक र सहचालकलाई ट्राफिक नियमबारे तत्कालै १ मिनेट जानकारी दिने गरिएको पनि ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)