ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लघुवित्त र बीमा समूहले बढायो नेप्से, १७ कम्पनीको शेयर करीब १० प्रतिशतले बढ्यो

Apr 17, 2018  
लगानी मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ४, काठमाडौं । मङ्गलवार नेप्से कारोबार भएदेखि अन्त्यसम्म बढेर बन्द भएको छ । यस दिनको कारोबारपछि लगानीकर्ताहरू खुशी भएका छन् । यस दिन नेप्से २ दशमलव ५९ प्रतिशत बढेको छ । ३३ दशमलव ६१ अङ्क बढेर परिसूचक १ हजार ३ सय ३१ दशमलव १८ विन्दुमा पुगेर बजार बन्द भएको हो । कारोबार भएका १० समूहको परिसूचकमा व्यापार समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । लघुवित्त समूहको परिसूचक ७ दशमलव ६९ प्रतिशत, बीमा समूहको ५ दशमलव ५१ र होटल समूहको परिसूचक ४ दशमलव ४५ प्रतिशतले बढेको छ ।

यस दिन कारोबार भएका १ सय ६६ कम्पनीको १० हजार ३१ पटकको व्यापारमा १८ लाख ९५ हजार ५ सय ६ कित्ता शेयरको रू. ९५ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका कम्पनी मध्ये सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता रू. ९ सय ५७ मा रू. ५ करोड ९८ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । यस दिन बीमा कम्पनी र लघुवित्त कम्पनीको शेयर धेरै कारोबार भएको छ । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । साथै, १४ कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)