ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाहिरी चक्रपथ : ६.६ किमी ट्र्याक १ वर्षभित्रै खोलिने

Apr 23, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । बाहिरी चक्रपथ विकास आयोजनाको कुल ७२ किलोमिटर (किमी)मध्ये ६ दशमलब ६ किमीको ट्र्याक १ वर्षभित्रै खोलिने भएको छ । १३ वर्षदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माणको कार्यलाई मन्त्रिपरिषद्को बैठकले गत मङ्गलवार स्वीकृत गरेपछि १ वर्षभित्र नै पहिलो चरणमा निर्माण हुने चोभार–गम्चा–सतुङ्गलको ६ दशमलव ६ किमीको ट्र्याक खोलिने भएको हो । उक्त खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएपछि अब त्यस क्षेत्रको जग्गा अधिग्रहणका साथै ट्र्याकलगायत अन्य भौतिक पूर्वाधार निर्माणको काम अघि बढ्ने निश्चित भएको हो । जग्गा प्राप्ति ऐन २०३४ अनुसार सरकारले त्यस क्षेत्रको जग्गा अधिग्रहण गरेर काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गतको आयोजनालाई हस्तान्तरण गरेपछि ट्र्याक खोलिनेछ । आयोजना अधिकृत धु्रव सापकोटाले प्रधानमन्त्रीको १ सय दिने कार्यावधि पुगेको दिन आयोजनाको शिलान्यास र ट्र्याक खोल्ने काम एकैसाथ अघि बढाउने जानकारी दिए । ‘बाहिरी चक्रपथ निर्माण गर्दा ५० मिटरको मात्रै सडक निर्माण हुनेछ, अन्य सडकको दायाँ/बायाँ गरी २ सय ५०÷२ सय ५० मिटर हुनेछ, उनले भने, ‘१ वर्षभित्रै पहिलो चरणमा निर्माण हुने सडकको ट्र्याक खोल्नका लागि जिल्ला प्रशासन कार्यालयले छिटै जग्गा अधिग्रहणको सूचना जारी गर्नेछ ।’ जग्गा विकासबाहेक सडकको ट्र्याक खोल्दा क्षति हुने घरधनीलाई मात्रै आयोजनाले मुआब्जा दिने भएको छ । सोहीअनुुसार चोभार–गम्चा–सतुङगलमा ट्र्याक खोल्दा ५० मिटरभित्र पर्ने घरधनीले मात्रै मुआब्जा पाउने अधिृकत सापकोटाले जानकारी दिए । आयोजनाका अनुसार बाहिरी चक्रपथ निर्माण गर्दा जग्गाधनीको ७ दशमलव ८ किमी जग्गा उपयोग हुनेछ भने त्यसपछि अन्य जग्गामा जग्गा विकास गरी व्यवस्थित बसोबासको विकास गरिनेछ । यस्तै अधिकृत सापकोटाले पहिलो चरणमा निर्माण हुने चोभार–गम्चा–सतुङ्गलपछि जनताको धारणा बुझेर अन्य खण्डको निर्माण कार्यलाई तत्काल अघि बढाउने जानकारी दिए । उनले उक्त खण्डको चक्रपथ निर्माण र जग्गा विकासका लागि साढे ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । निकै महत्त्वका साथ हेरिएको बाहिरी चक्रपथ विकासको डीपीआर स्वीकृतिका लागि शहरी विकास मन्त्रालयले गत असारमै मन्त्रिपरिषद्मा फाइल पेश गरेको थियो । जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्ले फाइल स्वीकृतिमा ढिलाइ गर्दा उक्त खण्डको ट्र्याक खोल्ने काम थप १ वर्षपछि धकेलिएको छ । तर, मन्त्रालयले भने आयोजनाको डीपीआर गतवर्षको वैशाखमै स्वीकृत गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)