ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

Apr 23, 2018  
मुख्य खबर प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १०, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४÷०७५ का लागि तीन महीने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली प्रदेश संसदबाट सोमवार सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

तीन महीने कार्यक्रम भएपनि सरकारले अल्प र दीर्घकालिन कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशको समग्र विकास र समृद्धिको गुरुयोजना बनाउनेदेखि अर्गानिक प्रदेश निर्माण गर्ने कार्यक्रम समेटेको छ । प्रदेशको प्रमुख आधार पर्यटन भएकाले पर्यटनको विकासका लागि गुरुयोजना तयार गर्ने, जनमैत्री शासन व्यवस्था गर्ने, भ्रष्टाचारलाई शून्य सहनसिलताको नीति अवलम्बन गर्दै भ्रष्टाचाररहित प्रदेश बनाइने, मानव संशाधन विकास योजना तर्जुमा र कार्यान्वयनका कार्यक्रम अघि बढाउने उल्लेख गरिएको छ ।

यस्तै, जनतासँग मुख्यमन्त्री कार्यक्रम, एक पालिका एक घरेलु उद्योग, पेट्रोलियम पदार्थको अध्ययन, अन्वेषण र अनुसन्धान जस्ता कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ । रोजगारीमुखी एवम् उत्पादनमूलक ठूला तथा मझौला उद्योगहरुको स्थापनालाई पनि प्राथमिकतामा राखिएको छ । अन्तरराष्ट्रिय स्तरको विमानस्थलका लागि केन्द्र सरकारसँग पहल गर्ने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, सुर्खेतस्थित क्षेत्रीय अस्पताललाई मेडिकल कलेज तथा शिक्षण अस्पतालको रुपमा विकास गरिने, ऐतिहासिक, भाषिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न भाषा तथा संस्कृति आयोग गठन गर्नेलगायतका विषय नीति तथा कार्यक्रमले समेटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)