ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भन्सार सन्दर्भ मूल्यसूची समयानुकूल बनाउन व्यवसायीको माग

Apr 24, 2018  
Uncategorized
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । उद्योगी व्यवसायीले आव २०७५/७६ को बजेटमा निजी क्षेत्रको सुझावलाई सम्बोधन गरी बजेट तयार पार्न आग्रह गरेका छन् । उनीहरूले भन्सार सन्दर्भ मूल्यसूचीसमेत अवैज्ञानिक भएको भन्दै समयानुकूल बनाउन माग गरेका छन् । नेपाल चेम्बर अफ कमर्शले ‘आगामी वर्षको बजेट र राजस्व नीति तर्जुमा गर्ने सन्दर्भमा व्यवसाय सञ्चालनका चुनौती’ विषयक सोमवार राजधानीमा गरेको अन्तक्र्रियात्मक कार्यक्रममा व्यवसायीले व्यवसायीका अप्ठ्यारालाई ख्याल गरी नयाँ बजेट ल्याएमा ‘समृद्ध नेपाल खुशी नेपाल’को सरकारी नारा पूरा हुने धारणा राखे । सरकारले राजस्व सङ्कलनको लक्ष्यलाई मात्र प्राथमिकतामा राख्ने र आयातनिर्यातका आन्तरिक समस्यातर्फ चासो नदिने गरेको उनीहरूले गुनासो गरे । उनीहरूले मुलुकलाई समृद्धितर्फ लैजान निजी क्षेत्रमैत्री कानून निर्माण आवश्यक भएको बताए । कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रले दिएका सुझाव समेटी सबैले सहज तरीकाले व्यापार व्यवसाय चलाउन पाउने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए । आउने आवमै एण्टीडम्पिङ कानून अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले उद्योगीले सही ढङ्गले व्यापार व्यवसाय गरे भन्सार तथा राजस्वको आधा समस्या समाधान हुने बताए । नक्कली सामान आयात गरेर ब्राण्डेड सामान भन्दै बेच्ने, एउटा भन्सार बिन्दुको प्रज्ञापनपत्र बोकेर विभिन्न भन्सार बिन्दुमा पुग्ने तथा सीमा नाकामा बसेर नक्कली बिल बनाउनेजस्ता काम व्यवसायीबाटै भइरहेकाले शुद्धीकरणमा लाग्न व्यवसायीलाई सुझाव दिए । नेपाल नक्कली सामानको डम्पिङ गर्ने ठाउँको रूपमा विकास भएको भन्दै सचिव ढुङ्गानाले यसको नियन्त्रणका लागि आउने आवमा एण्टीडम्पिङ कानून ल्याइने बताए । मुलुक सङ्घीयतामा गइसकेपछि राज्यको खर्च स्वतः बढेको र आउने वर्ष राजस्वका हिसाबले चुनौतीपूर्ण भएको उनको ठहर छ । उनले भने, ‘सङ्घीयतामा खर्च बढ्दै छ, तर राज्यसँग खर्च गर्नसक्ने अवस्था कम हुँदै गएको छ । दीर्घकालीन दायित्व थपिँदै गएका छन् । यसलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ । केही समयअघि अर्थमन्त्रीले प्रस्तुत गरेकोे श्वेतपत्रको सार पनि यही हो ।’ कार्यक्रममा भन्सार विभागका महानिर्देशक तोयम रायले व्यवसायलाई पारदर्शी बनाउन सके सरकार र व्यवसायी दुवैलाई फाइदा पुग्ने बताए । उनले भन्सार सन्दर्भ मूल्यसूची असान्दर्भिक भन्नुको कुनै अर्थ नभएको धारणा राखे । भन्सार ऐनमा केही नीतिगत सुधार आवश्यक भएको बताउँदै उनले आउने आवमा भन्सार ऐन आउने जानकारी दिए । आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले अहिले बजेट माथिबाट तल लैजानुपर्ने अवस्था रहेको र सही तथा पारदर्शी व्यवसायले मात्रै राजस्वको लक्ष्य पूरा हुने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)