वैशाख ११, काठमाडौं । मङ्गलवार नेप्से परिसूचक १ दशमलव १३ प्रतिशलते घटेको छ । कारोबार शुरू भएको १० मिनेटसम्म बढेको बजार ४० मिनेटमा घटेर १ हजार ३ सय ९१ दशमलव ७२ विन्दुमा पुगेको थियो । सो विन्दुपछि बढेर बजार १ घण्टा ११ मिनेटमा १ हजार ४ सय १३ दशमलव ९१ विन्दुमा पुगेको थियो । सो विन्दुमा थारै समय मात्र टिकेको बजार पुनः घट्दै अन्त्यमा १५ दशमलव ९९ अङ्कले घटेर १ हजार ३ सय ९४ दशमलव ८६ विन्दुमा पुगेको छ ।
कारोबार भएका १० समूहको परिसूचकमा व्यापार समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक १ दशमलव ४४ प्रतिशतले बढेको छभने विकास बैङ्कको परिसूचक १ दशमलव ६८ प्रतिशतले घटेको छ ।
कारोबार भएका १ सय ७० कम्पनीको ७ हजार ८ सय २५ पटकको व्यापारमा १७ लाख १९ हजार ८ सय कित्ता शेयरको रू. ७३ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिन सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा सेञ्चुरी कमर्शियल बैङ्क रहेको छ । यस कम्पनीको प्रतिकित्ता रू. १ सय ९८ मा रू. २ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण आकर्षक देखिएपछि यस कम्पनीको शेयर कारोबार बढेको हो । साथै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता रू. १ हजार २ सयमा रू. २ करोड ६३ लाख बराबरको दोस्रो सर्वाधिक शेयर कारोबार भएको छ ।
यस दिनको कारोबारमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव ५३ प्रतिशतले बढेको छ । साथै, एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य ६ प्रतिशतले बढेको छ । सांग्रिला डेभलपमेण्ट बैङ्कको शेयर मूल्य ५ दशमलव ३६ प्रतिशत र कन्काई विकास बैङ्कको ५ प्रतिशतले शेयर मूल्य घटेको छ ।