ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ओप्पो एफ सेभेन सार्वजनिक

Apr 26, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । ओप्पो कम्पनीले नयाँ सेल्फी एक्सपर्ट ओप्पो एफ सेभेन नेपालमा सार्वजनिक गरेको छ । आर्टिफिसियल इण्टेलिजेन्सी (एआई) सहितको नयाँ सेल्फी एक्सपर्टले स्मार्टफोन प्रविधिलाई नयाँ उचाइ प्रदान गर्ने कम्पनीको दाबी छ । सेल्फी फोटोग्राफीका लागि एफ सेभेनले परिष्कृत एआई प्रविधि तथा एआईमा आधारित अन्य वैकल्पिक फिचर्सको उपयोग गरेको बताइएको छ । सुपर फुल स्क्रिन र परिष्कृत मल्टी टास्किङ सफ्टवेयरसहितको एफ सेभेनले प्रयोगकर्तालाई उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । ४ जीबी र्‍याम भएको एफ सेभेन ३६ हजार ५ सय ९० र ६ जीबीको र्‍याम भएकाको मूल्य ४६ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ । नव प्रवर्तनात्मक प्रविधिमा आधारित ओप्पो एफ सेभेनले युवामाझ रहेको कम्पनीको सेल्फी एक्सपर्ट एण्ड लिडरको छविलाई थप सुदृढ बनाउने आशा गरिएको छ । नयाँ फोनमा उद्योगकै पहिलो सेन्सर एचडीआर फिचर इनब्यूल्ट रूपमै राखिएको छ । उत्कृष्ट सेल्फी सहज रूपमा लिन सघाउने उक्त प्रविधि ओप्पो एफ सेभेनमा डिफल्ट फिचरका रूपमा मिलाइएको छ । यो फिचरले प्रकाश समायोजन गर्नुका साथै तीव्र गतिमा परिमार्जन गरी उत्कृष्ट तस्वीर पोष्ट गर्न सघाउँछ । यो भिडियोका लागि पनि प्रयोग गर्न सकिन्छ । २५ एमपीका साथमा रियल टाइम सेन्सर एचडीआर एफ सेभेनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) सेन्सरसहित २५ एमपी फ्रण्ट क्यामेरा प्रयोग गरिएको छ । एफ सेभेनले खिचेका तस्वीर डिजिटल क्यामेराबाट खिचिएका तस्वीरझैं विस्तृत विवरण र उच्च गुणस्तरका हुन्छन् । यसले प्रयोगकर्तालाई हरेक परिस्थितिमा राम्रा तस्वीर सहज रूपमा लिन सघाउने कम्पनीको दाबी छ । उमेर र लिङ्गका आधारमा ब्यूटिफिकेशन इफेक्ट प्रदान गर्ने एआई ब्यूटी २.० सहित एचडीआर तस्वीरले सेल्फीप्रेमीहरूलाई रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । एआई ब्यूटी २.० प्रविधि ओप्पो एफ सेभेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० प्रविधि प्रयोग गरिएको छ । यसले एफ फाइभको तुलनामा थप प्राकृतिक र वास्तविक सेल्फी व्यक्तिगत ब्यूटिफिकेशनसहित लिन सघाउँछ । एफ सेभेनमा थप सटिक फेशियल रिकग्निसन क्षमता, उमेर र लिङ्गका आधारमा थप परिष्कृत ब्यूटीफिकेशन अनुभव, प्रयोगकर्ताको छनोटका आधारमा आत्म शिक्षण क्षमताका साथै रमाइला फिचर्स पनि उपलब्ध रहेका छन् । युवा पुस्तालक्षित नौलो डिजाइन युवा पुस्ताको फेशनप्रतिको चाखलाई विशेष ध्यानमा राखी ओप्पो एफ सेभेनको डिजाइनिङमा कम्पनीले विशेष ध्यान दिएको छ । प्रयोगकर्ताले आफ्नो प्राथमिकता वा चाहनाका आधारमा फोनको छनोट गर्न सहज होस् भन्ने सोचका साथ कम्पनीले सोलार रेड, मुनलाइट सिल्भर र विशेष डायमण्ड ब्ल्याक एडिशनमा एफ सेभेन ६४ जीबी, चार जीबी र्‍यामका साथ सार्वजनिक गरेको छ । त्यस्तै स्पेशल एडिशनका रूपमा १२८ जीबी, ६ जीबी र्‍याम भ्यारिण्टलाई सोलार रेड र डायमण्ड ब्ल्याक रङमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)