ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्व बजेट छलफल : लगानी आकर्षित गर्ने आर्थिक नीति माग

Apr 27, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । आउँदो आर्थिक वर्ष २०७४/७५ का लागि बजेट विनियोजनको आन्तरिक तयारीमा रहेको सरकारलाई निजीक्षेत्रले लगानी आकर्षित हुने आर्थिक नीति ल्याउन सुझाव दिएको छ । म्यानेजमेण्ट एशोसिएशन अफ नेपाल (म्यान)ले बिहीवार काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफलमा निजीक्षेत्रले यस्तो सुझाव दिएको हो । निजीक्षेत्रले आउँदो आवको बजेटले मुख्यगरी हाल देखिएका दोहोरो करको समस्याको समाधान, उद्योग तथा उत्पादन क्षेत्रमा स्वदेशी तथा विदेशी पूँजी परिचालन र प्रादेशिक असन्तुलनलाई सम्बोधन गर्नुका अतिरिक्त आर्थिक गतिविधि बढ्ने वातावरण बनाउनुपर्ने सुझाव दिएको छ । कार्यक्रममा नेपाल उद्योग परिसङ्घ (सीएनआई)का अध्यक्ष हरिभक्त शर्माले देशमा अत्यावश्यक खाद्यवस्तुसमेत विदेशबाट आयात हुने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै आर्थिक नीतिले उद्यम क्षेत्रमा लगानी आकर्षित गर्नुपर्ने धारणा राखे । उनले भने, ‘नीति परिमार्जन गरौं, विदेशी वस्तुमा निर्भर हुने अवस्था आउनुअघि नै नेपाली उद्योगको प्रतिस्पर्धी क्षमता विस्तार हुन जरुरी छ, आर्थिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्छ ।’ नेपाल उद्योग वाणिज्य महासङ्घ कर तथा राजस्व समितिका संयोजक नारायण बजाजले अहिलेका ऐन, कानून र प्रावधानले स्वदेशी तथा विदेशी प्रत्यक्ष लगानी आकर्षित गर्न नसक्ने भन्दै कर प्रशासनमा आमूल परिवर्तनको आवश्यकता औंल्याए । ‘ऐन, कानून बन्छन् तर कार्यान्वयन हुँदैनन् त्यसैले राज्यले कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छ,’ उनले भने । नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सरकारले सबैभन्दा पहिले कर प्रणालीलाई एकद्वार नीतिमा ल्याउनुपर्ने बताए । निजीक्षेत्रका व्यवसायी, विश्लेषक र अन्यको धारणा सुनेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो बजेट सन्तुलित, वास्तविक र नीतिसङ्गत हुने बताए । उनले भने, ‘आज म बोल्दिनँ सुन्छु, जेठ १५ गते बोल्छु । अहिलेका अन्योल क्रमशः सम्बोधन हुँदै जान्छन् ।’ सङ्घीयताले सहज सुलभ सेवा दिने र नागरिकले सुगमता उपभोग गरेबापत सरकारलाई कर पनि त्यसैअनुसारको दिनुपर्ने अर्थमन्त्रीको धारणा थियो । ‘सङ्घीयता महँगो छ, तर धान्नै नसकिने होइन,’ अर्थमन्त्री डा. खतिवडाले भने, ‘सिंहदरबारको सेवा घरछेउबाट लिँदै हुनुहुन्छ, तपाईंको खर्च जोगाउन सरकार नजीकै आएको छ, सरकार सञ्चालनका लागि अलिकति खर्च त गर्नुपर्‍यो ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)