ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अरुण तेस्रो आयोजनाको कार्यालयमा बम बिष्फोट

Apr 29, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, सङ्खुवासभा । शनिवार राती करीब १२ बजेर १० मिनेटको समयमा एक अज्ञात समूहले अरुण तेस्रो जलविद्युत् आयोजनाको कार्यालयमा बम आक्रमण गरेको छ । सङ्खुवासभाको तुम्लिङ्टारस्थित आयोजना कार्यालयको पर्खालमा उक्त बम पड्काइएको आयोजना प्रशासनले जानकारी दिएको छ ।

कुनै हल्लाखल्ला बिना नै आएको समूहले पर्खालको बाहिरपट्टी कुनामा राखेको कुकर बमको विष्फोटका कारण पर्खालमा सामान्य क्षति पुगेको स्रोतले जानकारी दियो । विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन । तर, यसअघि गत माघमा उक्त आयोजनाको कार्यालयमा विस्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि आशङ्का रहेको स्रोतले बतायो । सो समयमा पनि कार्यालयको पर्खाल बाहिर नै विष्फोट गराइएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)