ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विवादले अड्कियो २४ करोडको आयोजना

Apr 30, 2018  
प्रदेश समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
पर्वत । उपभोक्ता समितिमा राजनीतिक मतभेदले फलेवास नगरपालिका–३ मा रू. २४ करोडको खानेपानी आयोजना अलपत्र परेको छ । नेपाली काङ्ग्रेस र नेकपा एमालेका प्रतिनिधिबीच उपभोक्ता समितिको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने अडानका कारण गतवर्षदेखि नै काम शुरू हुनुपर्ने आयोजना अहिलेसम्म अलमलमा छ । गाउँमा पटकपटक सर्वपक्षीय भेला बसे पनि विवाद मिल्न नसकेपछि अहिले विवाद नगरपालिकाको कार्यालय र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसम्म पुगेको छ । खानेपानीको उचित र दीर्घकालीन स्रोत नहुँदा शङ्करपोखरीको पुर्कोट र डाँगागाउँका करीब डेढ सय परिवारको दैनिकी कष्टकर छ । गाउँको खानेपानी समस्या समाधान गर्न सकिने वैकल्पिक उपायको खोजी नहुँदा धेरै अघिदेखि यहाँका बासिन्दा हिउँदका ७ महीना समस्यामा पर्ने गरेको स्थानीय भीमबहादुर नेपालीले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)