ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रमिक अस्पताल निर्माण गर्ने तयारी

May 1, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
विराटनगर । सुनसरीको दुहबी–७ मा देशकै पहिलो श्रमिक अस्पताल निर्माण हुने भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योगी, व्यापारी, मजदूर, ट्रेड युनियनका पदाधिकारीसहितको टोलीले सोमवार अस्पताल निर्माण हुने स्थानको अनुगमन गरेका छन् । जग्गा उपयुक्त रहेको भन्दै चाँडोभन्दा चाँडो श्रमिक अस्पताल निर्माण हुने मन्त्री घिमिरेले बताए । कोशी राजमार्गभन्दा अढाइ किलोमिटर पश्चिममा रहेको ८ बिगाहा जमीनमा श्रमिक अस्पताल निर्माण हुने भएको हो । दुहबी नगरपालिकाले जमीन उपलब्ध गराउनु पर्नेछ । मन्त्री घिमिरेले श्रमिक अस्पताल निर्माणका लागि श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टसँग छलफल गरी हप्ता दिनभित्रमै प्रक्रिया अगाडि बढाउने बताए । उद्योगी मुकेश उपाध्याय र राजकुमार गोल्छाले स्थान उपयुक्त भएकाले आफूहरूले श्रमिक अस्पताल निर्माणका लागि सक्दो सहयोग गर्ने धारणा राखे । दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले अस्पताल निर्माणमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । श्रम कार्यालय विराटनगरका प्रमुख मणिनाथ गोपले ५ सय शय्याको अस्पताल निर्माण गर्ने लक्ष्य रहेको बताए । सरकारको सामाजिक विकास कोषमा १५ अर्ब रुपैयाँ रहेकाले त्यही रकमले अस्पताल निर्माण गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए । सरकारले श्रमिक र श्रमिकका सन्तानका लागि न्यून मूल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउने योजनाअनुरूप अस्पताल निर्माण गर्न लागेको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)