ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोदीसँग भन्सार छुटमा गाडी मागौंः प्रदेश सांसद

May 1, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १८, जनकपुरधाम । प्रदेश नम्बर २ का सांसदहरुले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका क्रममा सांसदहरुलाई भन्सार छुटमा गाडिको माग गर्नुपर्नेमा जोड दिएका छन् । मोदीलाई जनकपुरमा भव्य स्वागत गर्नुपर्ने बताउँदै सांसद जगत तारेन देवी साहले भन्सार छुटमा गाडी उपलब्ध गराउन आग्रह गर्ने बताइन् ।

भारतीय प्रधानमन्त्री मोदीले २८ वैशाखदेखि नेपालको दुई दिने भ्रमण गर्दैछन् । भ्रमणका दौरान मोदी भारतको पटनाबाट सिधै जनकपुर आउने कार्यक्रम छ । जानकी मन्दिरमा विशेष पुजाअर्चना गरेपछि काठमाडौं आएर उनले मुक्तिनाथको समेत दर्शन गर्ने बताइएको छ ।

मोदीको भ्रमणसँगै २ सय करोड रुपैयाँको लागत अनुमान गरिएको रामायण सर्किटले समेत गति पाउने प्रदेश सांसदहरुले आशा गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)