ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

वाणिज्य बैङ्कहरूको आरओई १९.०८% घट्यो

May 2, 2018  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । चालू आव (२०७४/७५)को तेस्रो त्रैमासमा वाणिज्य बैङ्कहरूको वित्तीय विवरण इक्विटीमा प्रतिफल (आरओई) औसतमा १४ दशमलव ५१ प्रतिशत रहेको छ । यो गत आवको तुलनामा १९ दशमलव शून्य ८ विन्दु कम हो । वाणिज्य बैङ्कहरूको चुक्तापूँजी वृद्धिको तुलनामा नाफाको वृद्धि कम भएपछि गत आवको तुलनामा चालू आवमा आरओई घटेको हो । तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका १२ बैङ्कहरूको आरओई औसतभन्दा बढी छ भने १६ बैङ्कहरूको औसतभन्दा कम छ । आरओई गणना गर्ने प्रक्रिया : आरओई≠खुद नाफा/कुल शेयरधनी इक्विटी× १०० सो अवधिमा यी बैङ्कहरूको चुक्तापूँजी समग्रमा ३८ दशमलव १७ प्रतिशत र जगेडा कोष २३ दशमलव ८८ प्रतिशत बढेको छ । यी बैङ्कहरूको खुद मुनाफा १५ दशमलव ४५ प्रतिशत बढेको छ । समग्रमा यी बैङ्कहरूको खुद ब्याज आम्दानी १५ दशमलव ८२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४ दशमलव ६५ प्रतिशत बढेको छ । राष्ट्रिय वाणिज्य बैङ्कको इक्विटीमा प्रतिफल उच्च अर्थात् ३४ दशमलव २१ प्रतिशत छ भने सिभिल बैङ्कको न्यून ६ दशमलव ५४ प्रतिशत छ । गत आवको तेस्रो त्रैमासमा रू. २ अर्ब ७ करोड खुद नाफा आर्जन गरेको राष्ट्रिय वाणिज्य बैङ्कले चालू आवको सोही अवधिमा रू. ३ अर्ब ८ करोड नाफा कमाएको छ । यो गत आवको तुलनामा ४८ दशमलव ६८ प्रतिशत बढी हो । यस बैङ्कको चुक्तापूँजी रू. ८ अर्ब ५८ करोड रहेको छ भने जगेडा कोष रू. ४ अर्ब ९७ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस बैङ्कको आरओई २८ दशमलव ६९ प्रतिशत थियो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा जगेडा कोष ४५ दशमलव ३९ प्रतिशत वृद्धि भएको जनता बैङ्कको चुक्तापूँजी रू. ६ अर्ब ९३ करोड पुगेको छ । बैङ्कको खुद नाफा भने २ गुणा बढेर रू. ३५ करोड पुगेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)