ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ दिनपछि नेप्से हरियो, कारोबारको अन्तिममा ११.३७ अङ्कले बढ्यो

May 2, 2018  
लगानी मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । बुधवार नेप्से दिनभरिको कारोबारमा अन्त्यतिर शून्य दशमलव ८४ प्रतिशतले बढेर बन्द भएको छ । नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले बढेर १ हजार ३ सय ६० दशमलव ३८ विन्दुमा पुगेको छ । कारोबार शुरु भएको ४५ मिनेटसम्म बढेको बजार त्यसपछि तेस्रो घण्टासम्म घटेको थियो । अन्तिम १५ मिनेटमा बजारले आफ्नो गति लिएको हो ।

कारोबार भएका ९ समूहको परिसूचकमा वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बोहक बाँकी समूहको परिसूचक बढेपछि बजार उकालो लागेको हो । लघुवित्त समूहको परिसूचक २ दशमलव ७४ प्रतिशत, ‘अन्य’ समूहको २ दशलमव १६, बीमाको १ दशमलव ५५, जलविद्युतको १ दशमलव ६२, होटलको १ दशमलव १६ प्रतिशतले बढेपछि समग्र बजार परिसूचक बढेको हो ।

यस दिन कारोबार भएका १ सय ५८ कम्पनीको ५ हजार ६ सय ४४ पटकको व्यापारमा ७ लाख ८५ हजार ५ सय ४४ कित्ता शेयरको रू. ३८ करोड ६ लाख बराबरको शेयर कारोबार भएको छ । सो दिन उच्च शेयर कारोबार हुनेमा स्वदेशी लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको कारोबार भएदेखिनै उच्च कारोबार भइरहेको हो । प्रतिकित्ता रू. १ हजार ७ सय ७६ मा रू. २ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ ।

मितेरी डेभलपमेण्ट बैङ्कको शेयर मूल्य १० प्रतिशतले बढेको छभने स्वदेशी लघुवित्तको ९ दशमलव ९७ प्रतिशतले बढेको छ । साथै, सिन्धु विकास बैङ्कको शेयर मूल्य ६ दशमलव ९१ प्रतिशतले घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)