ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘पहिले थुन्ने र पछि सुन्ने प्रथा अन्त्य होस्’

May 4, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । नेपालमा अझै पनि व्यवसायीमैत्री वातावरण बन्न नसकेको बताउँदै व्यवसायीले शान्तिसुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरेका छन् । उनीहरूले व्यवसायी एकातर्फ चन्दा आतङ्क र धम्कीको शिकार बन्ने र अर्कातर्फ राज्यबाट पनि व्यवसाय गर्ने उचित वातावरण तयार नभएको भन्दै सुरक्षाको माग गरेका हुन् । नेपाल चेम्बर अफ कमर्शले बिहीवार राजधानीमा आयोजना गरेको ‘व्यावसायिक शान्ति सुरक्षामा नेपाल प्रहरीको नयाँ सुरक्षा रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले सो धारणा राखेका हुन् । राज्यको कानून मातहतमा रहेर व्यापार व्यवसाय गर्दा पनि उनीहरूको प्रतिष्ठामा आँच आउने गरी कुनै पनि मुद्दामा पहिले व्यवसायीलाई थुन्ने र पछि सुन्ने प्रथा कायमै रहेकाले व्यवसायी व्यवसायबाट पलायन भइरहेको उनीहरूको तर्क छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशमा नयाँ संविधान लागू भए पनि व्यवसायीलाई ४२ वर्ष पुरानो कालोबजारी ऐन लगाएर कारबाही गर्ने गरिएको बताए । अध्यक्ष श्रेष्ठले देशको विकास र समृद्धिमा व्यवसायी सधैं सकारात्मक रहेकाले चन्दा आतङ्क र डरत्रास रोक्न व्यवसायीलाई प्रहरीको सहयोग आवश्यक रहेको धारणा राखे । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आर्थिक विकास र समृद्धिका लागि आधारभूत कुरा सुरक्षा नै भएकाले सुरक्षाका विषयमा नेपाल प्रहरी सधैं चनाखो रहेको बताए । महानिरीक्षक खनालले चन्दा आतङ्क, डकैती र हरेक प्रकारका दलालीविरुद्ध प्रहरी कठोर रूपमा प्रस्तुत हुने बताए । महानिरीक्षक खनालले लागू औषधि तथा मदिराजन्य पदार्थको सेवनले सामाजिक संरचना नराम्रोसँग बिग्रिएको बताउँदै उनले यसविरुद्ध केही दिन विशेष योजना सार्वजनिक गरी अघि बढ्ने बताए । लागू औषध तथा सीमापार अपराध नियन्त्रण चुनौतीका रूपमा रहेकाले यसबारे गृह मन्त्रालयले विशेष कार्ययोजना ल्याउन लागेको उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)