ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

०.९२ प्रतिशतले नेप्से घट्दा कारोबार रकम ३६ करोडमा सिमित

May 6, 2018  
लगानी मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २३, काठमाडौं । साताको पहिलो दिन नेप्से दिनभरि घटेर बन्द भएको छ । कारोबार भएको १५ मिनेट बढेको बजार त्यसपछि अन्त्यसम्म घटेर बन्द भएको हो । नेप्से परिसूचक शून्य दशमलव ९२ प्रतिशतले घटेको छ । यस दिन १ हजार ३ सय ६६ विन्दुबाट शुरु भएको नेप्से अन्त्यमा १२ दशमलव ५१ अङ्कले घटेर १ हजार ३ सय ५३ दशमलव ६४ विन्दुमा पुगेर बन्द भएको छ ।

कारोबार भएका नौ समूहको परिसूचकमा वित्त समूहको परिसूचक शून्य दशमलव शून्य १ प्रतिशतले बढेको छभने बाँकी सबै समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो । होटल समूहको परिसूचक १ दशमलव ५३ प्रतिशत, जलविद्युतको १ दशमलव १६, बैङ्किङ्को शून्य दशमलव ९९ र बीमा समूहको शून्य दशलमव ९६ प्रतिशतले घटेको छ ।

यस दिन ६ हजार ६ सय ८२ पटकको व्यापारमा ८ लाख ४३ हजार ४ सय १० कित्ता शेयरको रू. ३६ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यस दिन शेयर कारोबार रकम घटेकोे छ । नेपाल बैङ्क लिमिटेडको प्रतिकित्ता रू. ३ सय ५३ मा रू. २ करोड ३ लाख बराबरको शेयर कारोबार भएको छ । यस बैङ्कको उच्च कारोबार भएको हो । एभरेष्ट बैङ्क लिमिटेडको परिवत्र्य अग्राधिकारको शेयर मूल्य ७ दशमलव ७६ प्रतिशतले बढेको छ । सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य ४ दशमलव ८५ प्रतिशतले बढेको छभने सांग्रीला डेभलपमेण्टको शेयर मूल्य ६ दशमलव २५ प्रतिशतले घटेको छ ।

यस दिन कारोबार भएका १ सय ६० कम्पनीमा ३७ कम्पनीको शेयर मूल्य बढेको छभने १ सय ९ कम्पनीको शेयर मूल्य घटेको छ । साथै, १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यस दिन कारोबार रकम अघिल्लो कारोबार भएको दिनको तुलनामा ५३ दशलमव ४२ प्रतिशतले घटेको छ । कारोबार रकम रू. ४१ करोड ४८ लाख घटेको हो । कुल बजार पूँजीकरण शून्य दशमलव ९२ प्रतिशत घटेर रू. १५ खर्ब ८८ अर्ब पुगेको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स १ दशमलव शून्य प्रतिशत घटेर २ सय ८५ दशमलव २३८ अङ्क पुगेक छ । त्यसैगरी, यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्युट्रल जोन अर्थात् ५४ दशमलव ९१ स्केलमा रहेको छ । यसले बजारमा खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । नेप्सेको एडी रेशियो शून्य दशमलव शून्य दशमलव ३३ प्रतिशत रहेको छ । यसले बजार वियरिश वृत्तिमा रहेको देखाउँछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)