ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१३४९ विन्दुमा नेप्से

May 10, 2018  
लगानी मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । साताको अन्तिम काराबोर दिनमा नेप्से परिसूचक शून्य दशमलव ५७ प्रतिशतले घटेको छ । घटिरहेको शेयर बजारमा खरीदकर्ताहरुको चाप बढेपनि काराबोरमा भने खासै सुधार नभएको विश्लेषकहरु बताउँछन् । कारोबारको पहिलो १ घण्टासम्म लगातार ओरालो लागेर १ हजार ३ सय ४९ विन्दुमा झरेको थियो । तर, त्यसपछिको व्यापार भने उतारचढावमा बित्यो ।

यस दिन परिसूचक ७ दशमलव ७ अङ्कले घटेर १ हजार ३ सय ४८ दशमलव ४५ विन्दुमा पुगेर टुङ्गीएको हो । कारोबार रकम न्यून प्रतिशत बढेर रू. ३५ करोड ८८ लाख र बजार पूँजीकरणमा भने घटेर रू. १५ खर्ब ८२ अर्बमा सिमित रहेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ५२ प्रतिशतले घटेर २ सय ८४ दशमलव ५९ अङ्क पुगेको छ । यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र बजार ओरालो लागेको हो ।

व्यापार समूहको परिसूचक २ दशमलव ८७ प्रतिशत घटेको छ । विशाल बजार कम्पनीको शेयर मूल्य रू. ६९ ले घटेपछि यस समूहको परिसूचक घटेको हो । अधिकांश जलविद्युत कम्पनीहरुको शेयर मूल्य घटेपछि जलविद्युत समूहको परिसूचक १ दशमलव ५१ प्रतिशत घटेको छ । होटल समूहको परिसूचक १ दशमलव ६ प्रतिशत, बीमाको शून्य दशमलव ९८ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ८६ प्रतिशत र लघुवित्तको शून्य दशमलव ८२ प्रतिशत घटेको छ । साथै, वित्त कमपनी र विकास बैङ्क समूहको शून्य दशमलव ३६ प्रतिशत र बैङ्किङको शून्य दशमलव २९ प्रतिशत घटेको हो ।

यस दिन नेपाल लाइफ इन्स्योरेन्सको रू. २ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ । यस बीमा कम्पनीको १ सय ३७ पटकको व्यापारमा १९ हजार १ सय ८ कित्ता शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य रू. ४ ले घटेर अन्तिम मूल्य रू. १ हजार १ सय ६६ पुगेको छ । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको मूल्य ५ दशमलव ९५ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ८ सय ७३ पुगेको छ । नेरुडे लघुवित्त विकास बैङ्कको शेयर मूल्य ४ दशमलव २५ प्रतिशत घटेर अन्तिम मूल्य रू. ७ सय ६६ मा सिमित रहेको छ ।

यस दिन ३७ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, १ सय ३ कम्पनीको शेयर मूल्य घटेको छ भने २० कम्पनी स्थिर रहेका छन् । सो दिन १ सय ६१ कम्पनीको ५ हजार ५ सय ८८ पटकको व्यापारमा ७ लाख ७३ हजार २ सय १० कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अर्थात् ५२ दशमलव ९३ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सामान्य रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव ३५ अङ्क रहेको छ । यसले बजार वियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)