ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्यूठानमा खानेपानीको हाहाकार

May 13, 2018  
प्रदेश समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
प्यूठान । गर्मी मौसमसँगै पानीका मूल सुकेपछि प्यूठानका अधिकांश स्थानमा खानेपानीको हाहाकार शुरू भएको छ । जिल्लाका मल्लारानी गाउँपालिका, झिमरुक गाउँपालिका, ऐरावती गाउँपालिकालगायत स्थानमा खानेपानीको अभाव भएको स्थानीयवासीले बताएका छन् । पानीको अभाव हुँदा खान–पिउन, बस्तुभाउलाई खुवाउन र भौतिक संरचना निर्माणमा समेत समस्या भएको छ । पानीको समस्या हुँदा निर्माण समयमै सिध्याउन नसकिएको स्थानीय ठेकेदार दिनेश श्रेष्ठले गुनासो गरे । ‘नदीबाट पानी ल्याउुपर्दा निर्माण लागतसमेत बढेको छ,’ उनले भने । खानेपानीको समस्याले बजार क्षेत्रमा कोठाभाडा लिएर बस्ने विद्यार्थी थप मर्कामा परेका छन् । गाउँमा पानीको मुहान सुक्दा बालबालिका र महिलाको बिहान बेलुकाको समय पानी बोक्दैमा बित्ने गरेको छ । मुहान सुक्दै गएपछि बिहान ५ बजेदेखि लाइनमा बसेर पानी थाप्नुपर्ने बाध्यता आएको प्यूठान नगरपालिका–१० मरण्ठानाकोटका रञ्जना थापाले बताइन् । जलवायु परिवर्तनका साथै ग्रामीण सडक निर्माणमा हेभी इक्वीपमेण्टको जथाभावी प्रयोगले पानीको मुहान सुकेको खलङ्गाका व्यापारी हिमाल जीसीले बताए । सदरमुकाममा पानीको वितरण गर्दै आएको खलङ्गा खानेपानी आयोजनाले मुहान सुक्दै गएको र लिफ्टको मोटर बिग्रिएकाले सदरमुकाममा पानीको थप समस्या भएको बताएको छ । यस वर्ष कम पानी परेको र चुँजाबाट सडक निर्माणले सदरमुकाम आउने पाइपलाइनमा केही क्षति भएकोले पानीको आपूर्ति घटेको स्थानीयको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)