ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अनलाइनबाटै विद्युत् महशुल भुक्तानी

May 13, 2018  
प्रदेश समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुलीको महशुल अनलाइन प्रणालीबाटै भुक्तानी सेवा शुरू गरेको छ । अनलाइन सेवा शुरू भएसँगै यस क्षेत्रका उपभोक्ताले वितरण केन्द्रमै पुगेर भुक्तानी गर्नुपर्ने बाध्यता हटेको छ । सेवाग्राहीलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त बनाउन अनलाइन प्रणालीबाट विद्युत् महशुल भुक्तानी सेवा शुभारम्भ गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । नयाँ प्रविधिमा आधारित विद्युत् महशुल भुक्तानी प्रणाली अपनाएर ग्राहकलाई सुविधा दिएको उनले दाबी गरे । उनका अनुसार ई–सेवा, महालक्ष्मी बैङ्क लिमिटेड, प्रभु बैङ्क, हिमालयन बैङ्क, पे प्वाइण्ट, सिटी एक्सप्रेस, नेपाल इन्भेष्टमेण्ट बैङ्कलगायतका बैङ्क तथा वित्तीय संस्थाबाट विद्युत् महशुल बुझाउन सकिनेछ । यो सेवा हाल जिल्लाका दमौली र आबुँखैरेनी केन्द्रअन्तर्गतका सेवाग्राहीले उपयोग गर्नेछन् भने छिट्टै डुम्रे वितरण केन्द्रलाई पनि यो प्रणालीमा जोड्ने तयारी भइरहेको गोशलीले जानकारी दिए । दमौली वितरण केन्द्रअन्तर्गत १९ हजार ९ सय ३७ ग्राहक छन् भने, आबुँखैरेनी केन्द्रअन्तर्गत करीब ३ हजार ग्राहक छन् । ३ महीनासम्म बक्यौता रहेका ग्राहकले रू. १ लाखभन्दा कम महशुल अनलाइनबाट बुझाउन सक्नेछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)