ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

साढे ३३ किलो सुन तस्करी प्रकरण: दोस्रो चरणको अनुसन्धान शुरु

May 15, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

जेठ १, मोरङ । तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धान गरिरहेको सरकारी टोलीले तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान शुरु गरेको छ । पहिलो चरणको अनुसन्धानमा केही लगानी कर्ता र सहयोगी सहित ६३ जना विरुद्ध मुद्धा दायर गरेको सरकारी टोलीले चुणामणी उप्रेती ‘गोरे’का अन्य सहयोगीहरुको खोजी शुरु गरेको हो ।

गोरेका सहयोगी खोज्ने क्रममा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले झापा दमकका विनोद अधिकारी र दोलखा चरिकोटका मोतीराम श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै हुण्डीका कारोबारी भएको प्रहरीको आरोप छ । अधिकारीले झापा दमकमा न्यू सिद्धकाली मनिट्रान्सफर सञ्चालन गरिरहेका छन् । उनीहरु दुबैले गोरेलाई हुण्डी मार्फत सुन खरीद गर्न रकम उपलब्ध गराउँदै आएका थिए ।

प्रहरीले उनीहरुलाई पनि जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ । पक्राउ परेकाहरुलाई अपराधिक समूह स्थापना र सञचालन गरी सुनको अवैध चोरी, पैठारी र निकासी, अपहरण र शरिर बन्धक तथा यातना र कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरिएको हो ।

उनीहरु ६५ जना विरुद्ध दायर गरिएको मुद्धामा नै पूरक अभियोग लगाइएको जिल्ला न्यायाधिवक्ता पुन्यप्रसाद पाठकले जानकारी दिए । पक्राउ परेका मध्ये श्रेष्ठले दुबइमा सुन खरीदका लागि रकम जुटाइदिने काम गर्दथे भने अधिकारीले नेपालमा बसेर रकम जुटाउँथे । श्रेष्ठले दुबईमा रहेका नेपालीहरुबाट रकम सङ्कलन गर्ने र तीनका आफन्तलाई नेपालमा अधिकारीले रकम जुटाउने गर्दथे । अधिकारी स्थानीय लगानीकर्ताबाट पनि रकम सङ्कलन गर्ने व्यक्ती भएको प्रहरीको आरोप छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)