ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

दुई वर्ष भित्र नेपाललाई दुध उत्पादनमा आत्मनिर्भर बनाइने

May 17, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

जेठ ३, विराटनगर । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दुई वर्ष भित्र नेपाललाई दुध उत्पादनमा आत्मनिर्भर बनाइने बताएका छन् । दुग्ध विकास संस्थानको विराटनगरस्थित दुग्ध वितरण आयोजनाको स्थलगत निरीक्षणपछि उनले अहिले पनि दुध उत्पादनमा मुलुक परनिर्भर रहेकाले आत्मनिर्भर बनाउनु आवश्यक रहेको बताए ।

मन्त्री खनालले प्रतिष्पर्धात्मक समयमा पनि आयोजना पुराना प्रविधिमा भर परिरहेको भन्दै आधुनिक र नयाँ प्रविधिसहित दुध उत्पादनमा आत्मनिर्भर बनाउने तर्फ मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए । भारतबाट अमुल लगायत केही कम्पनीको धुलो तथा विभिन्न किसिमका दुध नेपाली बजारमा आइरहेको र निजी क्षेत्रले पनि अपेक्षित योगदान गर्न नसकिरहेकोले आयोजनाको विकास जरुरी रहेको उनले औँल्याए ।

दुग्ध विकास संस्थान घाटामा सञ्चालन भइरहेको र संस्थान भित्र अनियमितता व्यापक मात्रामा रहेको भन्दै उनले कुनै पनि संस्थान निरन्तर घाटामा सञ्चालन हुन नसक्ने टिप्पणी गरे । बजारमा निजी उत्पादकहरुले लेबल नभएका प्याकेजिङ्ग मार्फत उपभोक्तालाई दुध तथा दुग्धजन्य पदार्थ विक्री गर्ने क्रम अत्याधिक बढेको तर्फ सरकारको ध्यानाकर्षण भएको उनको भनाइ छ । त्यसलाई नियमन गर्दै दुध उत्पादन र वितरण व्यवस्थालाई व्यवस्थित गरिने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)