अभियान संवाददाता
काठमाडौं । डेनिस ब्राण्ड टुबोर्ग कम्पनीले पहिलो साङ्गीतिक अभियानको सफलतापछि ‘टुबोर्ग ओपन’ फेरि आयोजना गर्ने घोषणा गरेको छ । स्थानीय कलाकार लाहुरे र विपुलको अन्तर्राष्ट्रिय कलाकार डिप्लो र मोसँग सहकार्य हुनेछ । कम्पनीले यस वर्ष विश्वभरका साङ्गीतिक क्षेत्रका प्रभावशाली कलाकारको खोजी गरी ‘डिप्लो’ र ‘मो’को सहकार्यमा नयाँ साङ्गीतिक ट्र्याक बनाउने भएको छ ।
एउटै विश्वव्यापी सन्देश भएको विश्वभरका प्रत्येक कलाकारले आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दका साथ गाउनेछन् । टुबोर्गको एशिया र युरोपका प्रमुख बजारका कलाकारले मानिसलाई आफ्नै तरिकाले ‘ओपन टू मोर’ हुन प्रेरित गर्नेछन्
अघिल्लो वर्षको अभियानमा अमेरिकी निर्माता तथा डिजे ‘डिप्लो’ डेनमार्कका लोकप्रिय कलाकार ‘मो’सँग फेरि आएका छन् । डिजे तथा गायक ‘इभान डोर्न’ रसियासँग काम गर्दै छन् भने भारतसँग विशाल डढलानी संलग्न छन्, जसको साङ्गीतिक प्रभाव बलिउडदेखि इण्डी रकसम्म फैलिएको छ ।
नेपालमा दुईजना लोकप्रिय स्थानीय कलाकारसँग सहकार्य हुनेछ । नेपाली ¥यापर ‘लाहुरे’ र ‘विपुल क्षेत्री’ जो उनको समकालीन लोक सङ्गीतका लागि चिनिन्छन् ।
लाउरेले भने, ‘टुबोर्गले सधैं नेपालमा साङ्गीतिक सहकार्य र कार्यक्रम गरिरहेको छ । टुबोर्ग ओपनमा डिप्लो, मो र विपुलसँग काम गर्न पाउँदा भाग्यशाली र उत्साहित भएको महसुस गरिरहेको छु ।’ विश्वव्यापी ट्र्याकको ११ मे २०१८ मा रिलिज भएको थियो र स्थानीय ट्र्याकहरू भने जुनमा रिलिज हुनेछन्, जसमा विश्वव्यापी र स्थानीय कलाकारको आफू ‘ओपन टू मोर’ भएको यात्राको कथा हुनेछ । यो अभियान अन–प्याड र डिजिटलका साथ चल्नेछ र पछि डिप्लो र मो तथा स्थानीय कलाकारको साथमा लाइभ साङ्गीतिक कार्यक्रम गरी अभियान समापन गरिनेछ ।
गोर्खा ब्रुअरी कम्पनीका मार्केटिङ डाइरेक्टर वैभव शर्माले भने, ‘हामी टुबोर्ग अन्तर्राष्ट्रिय ‘डिप्लोे’ र ‘मो’लाई यहाँका स्थानीय कलाकार ‘लाहुरे’ र ‘विपुल क्षत्री’सँग टुबोर्ग ओपन गानामा सहकार्यका लागि घोषणा गर्न पाउँदा निकै उत्साहित भएका छौं । यो हाम्रा कलाकारहरूका लागि ठूलो अवसर हो र टुबोर्ग नेपालका लागि यो सहकार्य निकै अविस्मरणीय रहनेछ ।’